Posted by: Kesharibabu August 1, 2005
Gagan Thapa's Statment from Custody
Login in to Rate this Post:     0       ?        
निरङकुश राजा ???ज्ञानेन्द्रलाइ तह लगाउने आठ महत्वपूर्ण उपायहरु ???राजा र राजपरिवारका सम्पूर्ण सम्पत्ती सार्वजिनक गर्ने मागलाइ लोकतान्त्रिक आन्दोलनको प्रमुख एजेन्डा बनाउनुपर्ने ?राजपरिवारको नाममा रहेका सम्पूर्ण व्यापारिक प्रतिष्ठानहरु तत्काल राष्ट्रियकरण गरिनुपर्ने ?लोकतान्त्रिक आन्दोलनको प्रमुख एजेण्डाको रुपमा २०५८ सालको जेठ १९ गतेको नारायणहिटी राजदरबार हत्याकाण्डको सर्वाधिकार सम्पन्न नागरिकस्तरिय छानविन आयोग गठन गर्नुपर्ने ?शाही नेपाली सेनाबाट राष्ट्रसंघिय शान्ति सेनामा हुने सैनिक छनौट प्रकृया र त्य?सपछि उनिहरुले पाउने तलबबाट सैनिक कल्याण कोषमा कट्टी गरिएको रकममा हुने गरेको भनिएको अनियमितताको छानविन गरिनुपर्ने । यसक्रममा सम्पुर्ण जीवित भूतपुर्व प्रधानसेनापतिहरु लगायत सो प्रकृयामा संलग्न सबै सैनिक अधिकृतहरुको सम्पत्तीलाइ छानविनको दायरामा ल्याइनुपर्ने। ?शाही नेपाली सेनाभित्र व्याप्त नक्कली प्रमाणपत्रको प्रयोग र पदोन्नतीमा हुने अनियमितताको छानविन एक अधिकार सम्पन्न गैर सैनिक आयोग मार्फत गराइनुपर्ने। ?शाही नेपाली सेनालाइ राजाले सधैं आफ्नो बौपतीको रुपमा प्रयोग गर्ने गरेकाले त्यसलाइ रोक्ने राजनीतिक उपाय स्वरुप सम्पुर्ण राजनीतिक दलहरुले एक साझा एजेण्डा तयारगरी निमुखा जनताका छोराछोरीहरुको भविष्यलाई अन्धकार तर्फ धकेल्दै उनिहरुलाइ देशमा निरंकुश शासन लादने सारथीका रुपमा प्रयोग गर्नबाट रोक्न आ आफ्ना छोरा छोरीलाइ सैनिक सेवाबाट तत्काल फिर्ता बोलाउन पाउने नेपाली जनताको सर्वोत्तम मानव अधिकारलाइ अनुमोदन गर्दै देशवासीका नाममा सम्बोधन गर्नुपर्ने। ?गायक तथा गितकार प्रविण गुरुङको हत्याकाण्डको पुन छानविन गरी आम नेपालीको नजरमा दोषी ठहर भैसकेका युवराज पारसमाथि ज्यानमार्ने कर्तव्य गरेको अभियोग लगाइ उनका सम्पुर्ण राजकिय अधिकार निलम्बन गरिनुपर्ने ?राजाको निरडकुश शासनलाइ कर नतिर्न व्यापारीहरुसित आह्वान गर्ने र आम जनसमूदायलाइ लोकतान्त्रिक आन्दोलनमा सरिक हुन प्रेरित गर्दै शिक्षक विद्यार्थी मजदुर तथा कर्मचारीहरुलाइ परिचालित गर्ने।
Read Full Discussion Thread for this article