Posted by: shirish July 30, 2005
OH Nepali Women !
Login in to Rate this Post:     0       ?        
Tero dai, You are right in saying its our fate to be born to our parents. All those who responded to this thread seem to be from the more beautiful side of the world and Its not unnatural to see your kind of reaction when you have no experience or refuse to understand the other side. The irony is in the kantipuonline.com... Read this if you want to know little bit about the unfortunate side.. http://www.kantipuronline.com/Nepal/aabaran.php घर्तीगाउँकी धनसरी विक, ५८, को जीवन दिन-प्रतिदिन कष्टकर बन्दैछ । १६ वर्षअघि पतिवियोग हुँदाको पीडा त छँदै थियो, तीन छोराहरू पनि भारत निर्वासित भएपछि पीडा झनै खपिनसक्नुभयो । धनसरीको घर्तीगाउँ बजारमा दुईतले घर छ, जहाँ उनी आठ वर्षदेखि एक्लै बस्दै आएकी छन् । असार १२ गते बिहान घर्तीगाउँको माथिल्लो पाखामा उनी हलो जोत्दै थिइन् । छिमेकीद्वय विर्जना घर्ती र पूणिर्मा विक उनको पाँच रोपनी जग्ग्ाामा मकै छर्न सघाउँदै थिए । धनसरीले मनभरिको वेदना खोल्दै भनिन्, "गाउँमा बसेपछि पार्टीमा लाग् भन्न थाले, त्यसपछि मेरा छोराहरू बालबच्चासहित भारत गएका हुन् । खेतीपाती गर्ने लङ्मान्छे -लोग्नेमान्छे) नभएपछि एक्लो जीउ पाल्ने मेसो गर्दैछु ।" उमेरका हिसाबले चन्द्रकुमारी विक, १२, यतिखेर स्कुल जानुपर्ने हो । सँगैका साथीहरू सुकिला लुगा लगाएर घर्तीगाउँ तलपट्टी रहेको कृष्ण माध्यमिक विद्यालय जाँदैथिए । तर, चन्द्रकुमारी भने स्कुलछेउका ठूला दुई फाँट गरामा हलो जोत्दै थिइन् । हलोको पछिपछि उनका फुपाजू मकैको बीउ छर्दै थिए । बाबु भारत निर्वासित भएको १० वर्ष भइसकेछ, त्यसयता उनी कहिल्यै गाउँ फर्केका छैनन् । एक जना दाइ, आमासहित तीन सदस्य छन्, उनको परिवारमा । दाइ र आमा अर्को गह्रामा मकै छर्न गएकाले बाध्यतावश उनले आफैँ हलो जोत्नुपरेको हो । एक कक्षामा अध्ययनरत चन्द्रकुमारीले भनिन्, "पढ्नेभन्दा पनि बाँच्नै गाह्रो छ अनि बाँच्नका लागि स्वान्चरी -स्वास्नीमान्छे) भए पनि हलो जोत्नैपर्छ ।"
Read Full Discussion Thread for this article