Posted by: HanneTanne July 30, 2005
GETTING STUDENT VISA
Login in to Rate this Post:     0       ?        
Does BINODB stand for the GMW (Girl's Most Wanted) Binod Basnet of the Pulchok Campus fame, by the way? - http://www.newsofnepal.com/ffstory.asp?sn=6090 Full text follows: अमेरिकामा पढ्न तीन सर्त काठमाडौं नेस काठमाडौंस्थित अमेरिकी दूतावासले मुख्य रुपमा तीनवटा सर्त पूरा गरेमा नेपाली विद्यार्थीहरुले अमेरिकामा पढ्न जान पाउने बताएको छ। शुक्रबार अमेरिकी सूचना केन्द्रद्धारा आयोजित ँप्रुाइडे फोरम’ कार्यक्रममा बोल्दै अमेरिकी दूतावासका कन्सुलर शाखाका प्रमुख रबर्ट फक्वारले सोसम्बन्धी जानकारी दिनुभयो। उहांले विद्यार्थीको पढ्ने इच्छा गर्ने क्षमता र तिर्नका लागि आवश्यक स्रोतहरु छन् भन्ने कुरा स्पष्ट गर्नुपर्ने बताउनुभयो। उहांका अनुसार विद्यार्थीले भीसाका लागि अन्तर्वार्ता लिने अधिकारीलाई पढ्न मात्र जान खोजेको बसाइसराइं गर्न खोजेको होइन र सफल विद्यार्थी हुनका लागि उनीहरुको राम्रो शैक्षिक योग्यता र अंग्रेजीमा दक्ष छ भन्ने कुरा पनि देखाउनुपर्छ। यस्तै अध्ययनका लागि परिवारसंग प्रशस्त आर्थिक स्रोत भएको र अध्ययन पूरा गरेपछि नेपाल फर्केर सिकेको कुरा नेपालको फाइदाका लागि प्रयोग गर्छु भन्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुपर्छ। उहांले अमेरिकाको भीसा पक्का गरिदिने भन्दै बाहिर खुलेका विभिन्न संस्थाबाट सतर्क रहन आग्रह गर्दै अमेरिकामा शिक्षासम्बन्धी जानकारी लिनुपरेमा युएसए सल्लाहकार केन्द्रमा सम्पर्क राख्नसमेत अनुरोध गर्नुभयो। सन् २००३०४ मा नेपालबाट कुल ४ हजार ३ सय ८४ विद्यार्थी अमेरिका पढ्न गएको जानकारी िदंदै उहांले भन्नुभयो- ँग्रुजुएसन गर्न जानेको संख्या अधिक छ। यसपालि झन् बढ्ने संकेत पाइएको छ।
Read Full Discussion Thread for this article