Posted by: mampaka July 29, 2005
ABOUT THE FIREBRAND LEADER
Login in to Rate this Post:     0       ?        
वैशाख १३ गते मध्यरातमा उनलाई भूमिगत अवस्थामै पक्राउ गरिएको थियो भने एक महिनापछि सर्वोच्च अदालतको आदेशपछि जेठ ११ गते उनी थुनामुक्त भएका थिए । माघ १९ पछि राज्यविरुद्घ अपराधको पुर्जी दिएर थुनामा राखिएको यो पहिलो घटना हो । थापा र नेविसंघका पूर्वअध्यक्ष गुरु घिमिरे र अनेरास्ववियुका तत्कालीन केन्द्रीय पार्षद पुरुषोत्तम आचार्यमाथि तत्कालीन सूर्यबहादुर थापा सरकारका पालामा यस्तै अपराधमा मुद्दा लगाइएको थियो, तर व्यापक विरोधपछि तत्कालीन सरकारले उक्त मुद्दा फिर्ता लिएको थियो । आफ्ना स्वर्गीय हजुरबुबा भीमराज थापाबाट प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कारको दीक्षा पाएका जुझारु विद्यार्थी नेता थापाको राजनैतिक जीवन सिद्घार्थ वनस्थलीमा ९ कक्षामा अध्ययनरत रहँदा प्रारम्भ भएको थियो । त्यसबखत उनी उक्त विद्यालयको नेविसंघ कमिटीका सभापति थिए । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । २०५५ सालमा त्रिचन्द्र कलेज, स्ववियुको निर्वाचित सभापति भएपछि उनी राष्ट्रिय राजनीतिमा छाउन थालेका हुन् । त्यहींबाट उनको राजनैतिक जीवन चुलिँदै जाने क्रम प्रारम्भ भयो । राजनीतिको तल्लो निकायबाट खारिँदै उनी नेविसंघको केन्द्रीय महामन्त्रीको तहसम्म पुगे । पुख्र्यौली घर सोलुखुम्बुको खाल्पा गाउँ भए पनि उनको राजनैतिक कर्मथलो भने राजधानी नै रहँदै आएको छ । चार जना दाजुभाइमा साहिंला थापा हाल काठमाडौं रातोपुलमा परिवारका साथ बसोबास गर्दै आएका छन् । मित्रवत् व्यवहार र मिजासिलो स्वभाव भए पनि थापा प्रजातन्त्रका विरुद्घ सम्झौता नगर्ने स्वभावका छन् । त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका थापा अध्ययनशील छात्र नेता मानिन्छन् । हक्की स्वभावका अविवाहित २९ वषर्ीय थापाको पछिल्लो गिरप\mतारीले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ । नेविसंघभित्र मात्र होइन, नेविसंघइतर विद्यार्थी संगठनसँग आबद्घ विद्यार्थीहरूमाझ पनि आफ्नो वक्तृत्वशैलीका कारण चर्चित बनेका थापा गणतन्त्रप्रतिको आफ्नो झुकावलाई पनि अस्वीकार गर्दैनन् । यही झुकावका कारण कहिले उनी पार्टीमा 'कर्नर' गरिन्छन् त कहिले राज्यको आँखाको कसिङ्गर बन्छन् ।
Read Full Discussion Thread for this article