Posted by: mampaka July 29, 2005
ABOUT THE FIREBRAND LEADER
Login in to Rate this Post:     0       ?        
फेरि गगन थापा साप्ताहिक समाचार काठमाडौं- जब-जब राज्यसत्ता निरंकुश र स्वेच्छाचारी बन्न थाल्छ तब-तब राज्यमा नयाँ- नयाँ नेता उदाएकै हुन्छन् । गगन थापा एउटा यस्तै नेता हुन् भन्दा पक्कै अतिशयोक्ति हुँदैन । विद्यार्थी नेता थापामाथि राज्यविरुद्घ अपराध गरेको आरोप लगाई सरकारले अदालतमा मुद्दा चलाउने प्रक्रिया अघि बढाएपछि तातेको विद्यार्थी आन्दोलनले यस्तै संकेत गरेको छ । सिंहदरबार वडाप्रहरी कार्यालयमा थुनामा रहेका आफ्ना साथीलाई भेट्न पुग्दा त्यहींबाट गिरफ्तार गरिएका थापालाई हिरासतमा राखी थप अनुसन्धान गर्न भनी विशेष अदालतले प्रहरी प्रशासनलाई बुधबार सात दिनको अनुमति दिइसकेको छ । उनलाई भेट्न बुद्घजिीवी डा. देवेन्द्रराज पाण्डे, मानवअधिकारवादी कृष्ण पहाडी, नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीलगायत धेरै जना विशेष अदालतको परिसरमा पुगेका थिए । परिसरमै मानवअधिकारवादी पहाडीले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिंदै भने-'आस्थाका आधारमा कसैलाई पनि बन्दी बनाउनु हुँदैन । अहिंसात्मक आन्दोलनमा लागेकाहरूलाई कसैले बन्दी बनाउँछ भने त्यो घोर आपत्तिजनक हुन्छ । पहाडीले आस्थाका आधारमा गिरफ्तार गरिनु मानवअधिकारको विश्वव्यापी मान्यताविपरीत रहेको पनि स्मरण गराउनुभयो । अहिले थापालाई जिल्ला प्रहरी कार्यालय, हनुमानढोकामा थुनिएको छ । थुनामा जाने क्रममा उनले भने-'प्रजातन्त्रका लागि अब निणर्ायक आन्दोलनमा उत्रनुबाहेक अरू कुनै विकल्प बाँकी छैन, यो निरंकुश सत्ता हार्दै गएको संकेत हो ।' उनले जोसिलो भावमा फेरि भने- 'म सम्पूर्ण नेपालीलाई लोकतन्त्र र नवनेपाल निर्माणका लागि आन्दोलनमा उत्रन आह्वान गर्छु ।' सरकारको यो कार्यशैलीलाई उनले निरंकुश सरकारको पराजित मानसिकताको उपजको संज्ञा दिएका छन् । थापा पक्राउ पर्नासाथ विशेष गरी विद्यार्थीवर्ग आक्रोशित हुन पुगेको छ । विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा विरोध प्रदर्शनको क्रम प्रारम्भ गरेका छन् । थापामाथि गत सोमबार रत्नपार्कमा भएको नागरिक समाजको आन्दोलनमा राजसंस्थाविरुद्घ आपत्तिजनक नारा लगाएको सरकारको आरोप छ । उनीमाथि रत्नपार्कको निषेधित क्षेत्र तोडेको आरोप पनि छ । विशेष अदालतमा न्यायाधीशहरूसमक्ष उनले यति मात्र भने- 'संविधानले दिएको हिंडडुल गर्न पाउने हकलाई मैले उपभोग मात्र गरेको हुँ, आपत्तिजनक नाराको परिभाषा के हो, मलाई थाहा छैन ।' कथित राष्ट्रवादी शिक्षाका विरुद्घ विद्यार्थीहरू आन्दोलनमा उत्रन थालेपछि थापालाई गिरफ्तार गरिएको छ । नेपाल विद्यार्थी संघले उनीमाथि लगाइएको मुद्दाप्रति घोर भत्र्सना गर्दै नेविसंघको आसन्न महाधिवेशन बिथोल्ने उद्देश्यले उनलाई पक्राउ गरिएको टिप्पणी सार्वजनिक गरेको छ । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री माघ १९ लगत्तै तीन महिना भूमिगत बसेका थिए ।
Read Full Discussion Thread for this article