Posted by: sardarsing July 28, 2005
Vote: Ashu vs Gagan Thapa
Login in to Rate this Post:     0       ?        
जहा गुलियो तहीं बाहुन भुलियो, यसलाई पनि रेसिस्ट भन्ने कि ? यसमा केहि हद सम्म रेसिजमको गन्ध आउला, तर अर्ति भनेको घर्तीको पनि लिनु पर्छ भन्नेमा चाहिं घर्ती भनेका नजान्ने, अनपढ, भन्ने अर्थ लाग्छ, त्यसैले रेसिजमको गन्ध ह्वस्सै आउंछ । पुरानो चलिआएको कुरा होला, तर जसरी नाच्न जान्दैन आंगन टेंढो भन्ने ऊखान परिवरतन भएर नाच्न जान्दैन डिस्को टेंढो हुंदै छ त्यसरी नै समय सापेक्ष बनाउन पाऐ बेस हुन्थ्यो । न्युयुजरले प्रयोग गरेको वहा रेसिस भन्न खोजेको होईन, टुक्का नै रेसिस्ट भयो जस्तो लाग्यो । चेन्ज गरेर के राख्ने होला सबैले सोचौं ।
Read Full Discussion Thread for this article