Posted by: Geman July 28, 2005
The Condition of the Bir Hospital
Login in to Rate this Post:     0       ?        
वीर अस्पतालको अस्तव्यस्ततालाई सबैले देखेकै हो, सुनेकै हो। तर त्यो अस्पतालको मुर्दाघरमा एक महिला चार दिनदेखि उपचार नपाएर छट्पटिँदै गरेको एक्सक्लुसिभ दृश्य हिजो सहकर्मी दीपक पान्डे र चन्द्र विष्टले खिचेर प्रसारण गरेपछि हंगामा नै मच्चिएको छ। च्यानल नेपालले विगत केही दिनदेखि विशेष रिपोर्ट बनाउने क्रमलाई तीव्रता दिएको छ। यसै क्रममा दीपक र चन्द्रले यस्तो रिपोर्ट बनाएका हुन्। रिपोर्टमा उल्लेख भए अनुसार ती युवतीलाई प्रहरीले बेवारिसे अवस्थामा भेट्टाएर अस्पताल ल्याएको रहेछ। तर मानवीयताको अलिकति पनि ख्याल नराखी बेवारिसे भएकै कारण जिउँदै उनलाई मुर्दाघरमा राखिएछ। क्यामेराम्यान चन्द्र विष्टले यो ह्रदयविदारक दृश्य खिच्ने क्रममा चिकित्सकहरुले नखिच्ने चेतावनी दिँदै क्यामेरासमेत खोस्न खोजेछन्। दृश्यमा स्पष्टै देखिएको र सुनिएको छ एक चिकित्सक ?नखिच्नुस् नखिच्नुस्? भन्दै क्यामेरा खोस्न खोज्दैछन् अनि दीपकजी ?क्यामेरा नछुनुस् क्यामेरा नछुनुस् भन्दै कराउँदैछन्। अवरोध पुर्?याइए पनि जति दृश्य खिचियो, त्यो हंगामा मच्चाउन काफी थियो। दृश्यमा झन्डै २४-२५ वर्षकी अर्धनग्न युवती मुर्दाघरमा छटपटिरहेको देखिएको छ र उनको साथमा अ?ौषधि हैन, एक पुरिया बिस्कुट प्लास्टिकमा बेरेर फ्याँकिएको देखिएको छ। Read More here - http://merosansar.blogsome.com/2005/07/28/woman-found-alive-in-hospital-morgue/#more-171
Read Full Discussion Thread for this article