Posted by: sardarsing July 27, 2005
IS THIS CORRUPTION?
Login in to Rate this Post:     0       ?        
काठमाडौं, साउन १२ - स्वर्गीय अधिराजकुमारी शारदाराज्यलक्ष्मीदेवी शाहको कमलादीस्थित घरसहित झन्डै २१ रोपनी जग्गा हिमालय बैंकले खरिद गरेको छ । राजधानीको मुटु मानिने यस क्षेत्रमा बैकले 'कर्पोरेट अफिस' बनाउन ११ करोड ६४ लाखमा खरिद गरेको छ । अधिराजकुमारीको निधनपछि २० रोपनी १४ आना १ दाम जग्गा छोराहरू विकास, दिवस र आशीषको नाममा नामसारी गरिएको थियो । छोराहरूले असार ३० गते बैंकलाई बिक्री गरेका हुन् । बैंकले रजिस्ट्रेसन गरेर लिँदा ६९ लाख ८४ हजार राजस्व तिरेको छ । बिक्री गरिएको महानगर-३१ स्थित उक्त जग्गा राजा महेन्द्रले अधिराजकुमारीहरूलाई भागबन्डा गरी दिएका थिए । त्यसैबेला जग्गाको एक भाग प्रज्ञा प्रतिष्ठानका लागि छुट्टाइएको थियो । महानगरपालिकाले शाही नातेदार भएका कारण बिक्रेतालाई जग्गा बिक्री गर्दा लाग्नेे घरजग्गाका कर छुट दिएको छ । प्रमुख राजदरबार पदाधिकारी सरदार शारदाप्रसाद प्रधानले वडा कार्यालयलाई कर सुविधाका लागि पत्राचार गर्नुभएको थियो । वडा सचिव रामसुन्दर रायमाझीका अनुसार पत्र आएपछि वडा कार्यालयले महानगरपालिकाको राय लिएर मालपोत कार्यालयलाई पत्र पठाएको हो । शाही नातेदारसम्बन्धी कर छुटको व्यवस्था 'शाही नातेदार तथा आचरणसम्बन्धी नियमावली, २०४४' मा उल्लेख छ । घर जग्गाको मूल्यांकनसमेत गर्न नपर्ने गरी कर सुविधाको पत्र मालपोत कार्यालयमा आएपछि कसरी जग्गा पास गर्ने भनी अन्योल भएको जानकारी दिँदै मालपोतका एक अधिकृतले भने- 'मन्त्रालय र विभागमा परामर्श लिएपछि जग्गा पास गरिदियौं ।' पारिवारिक स्रोतका अनुसार सोही ठाउँमा 'हेरिटेज प्लाजा' नामक व्यापारिक भवन निर्माण गर्न तीनवटा बैंकबाट लिएको करिब ६ करोड रुपैयाँ ऋण तिर्न नसकेर परिवार 'कालोसूची' मा थियो । 'जग्गा बेचेर आएको पैसाले एक साताअघि बैंक ऋण तिरिएको छ,' स्रोतले बतायो
Read Full Discussion Thread for this article