Posted by: himaliketo July 26, 2005
kattu Nalagaune Ghoshana!
Login in to Rate this Post:     0       ?        
Aaba Nepal ma Prajatantra Nafarke samma Ma pani Kattu nalaune Ghoshana Garchhu.... Lau samachar chhapnu paryo mero.... टोप नलगाउने घोषणा रवि/न्युयोर्क - पत्रकार कुन्द दीक्षितले गत माघ १९ पछि टोप लगाएका छैनन् । अंग्रेजी साप्ताहिक 'नेपाली टाइम्स' का पाठक उनको अन्तिम पृष्ठको 'अन्डर माइ ह्याट' स्तम्भमा हिजोआज मुकुन्डो पहिरेको तस्वीर देख्छन् । 'म नेपालमा प्रजातन्त्र पुनःस्थापना भएर स्थिति सामान्य अवस्थामा नफर्केसम्म टोप लगाएको तस्वीर छाप्ने छैन,' अमेरिकाको न्युयोर्कवासी नेपाली समुदायसँग सोमबार उनले भने । नेपाल डेमोक्र्याटिक युथ काउन्सिल, अमेरिका-नेपाल प|mेन्डसिप सोसाइटी र एलायन्स फर डेमोक्रेसी एन्ड हुमन राइट्स इन नेपाल संस्थाहरूद्वारा सोमबार क्विन्सको ज्याक्सन हाइटमा आयोजित कार्यक्रममा उनी बोल्दै थिए । नेपालमा पत्रकारले सामना गरिरहेको संकटबारे नेपालीहरूलाई उनले जानकारी गराएका थिए । नेपालमा प्रेस स्वतन्त्रताको आवाज उठाइरहेको सेन्टर फर प्रोटेक्ट जर्नालिस्ट्स -सीपीजे) मा आयोजित छलफलमा पनि नेपाली सञ्चारले गरिरहेको संघर्ष अवगत गराए । कान्तिपुर र दी काठमाडौं पोस्टका प्रति देखाउँदै -तस्वीरमा) उनले प्रमुख नेपाली पत्रिकाले अनेक दबाब खप्दै स्वतन्त्र समाचार प्रवाह गरिरहेको उल्लेख गर्दै कडा सञ्चार अध्यादेश जारी हुन लागेकामा चिन्ता व्यक्त गरे । 'एफएममा समाचार प्रतिबन्धित गरेर सरकारले दुर्गम भेगका जनतालाई माओवादी रेडियोतिर विकषिर्त गराएको छ,' दीक्षितले टिप्पणी गरे- 'नेपाली सञ्चारको अवस्था विचित्रको छ ।'
Read Full Discussion Thread for this article