Posted by: Nepe July 25, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
दोधारेजी, एहे पुरानै मान्छे हुनुहुँदो रहेछ । खुशि लाग्यो । तपाईको वादविवादको शालिन शैली मलाई साह्रै मन पर्छ । कायम राख्नुहोला । अब हाम्रा संवादतिर लागुम । जहाँसम्म माओवादीको शक्ति छ, उनीहरु अझै पनि निशाना छानी छानी आक्रमण गरिरहेका छन् । यसो भनेर मैले उत्साह देखाएको होईन, यथार्थ देखाएको हुँ । माओवादीमा फुट आएको कुरा भण्डाफोर भयो । यसको श्रेय महाराजलाई ? के पार्टीहरुको सरकार भएको भए यसलाई गुपचुप राख्न लगाउँथे भन्ने आशय हो, तपाईको ? फेरि कुरा फुटको भन्दा पनि भण्डाफोरको हो । गैरसरकारी पत्रकारहरुले कम योगदान पु-याएका थिएनन् । फेरि माओवादीहरु व्यक्तिबाट भन्दा पनि सिद्धान्तद्वारा परिचालित भएकाले माओवादीको फुटबाट धेरै उत्साहित हुनु पर्ने कुरा छैन । समष्टीमा महाराजले केहि लछारपाटो लगाएका छैनन् । बरु, सर्दारशिंहजीले औंल्याउनु भा कुराहरुद्वारा राज्यलाई कमजोर र जनसमर्थनविहिन बनाईदिएर माओवादीको हौसला झन् बढाईदिएका छन् । जहाँसम्म पार्टीहरुको कुरा छ, धेरै पल्ट दोह-याईसकें तपाईसंग सहमत छु । पार्टीहरुले पार्टीभित्र सांगठनिक र वैचारिक लोकतन्त्रको स्थापना नगरी मुलुकमा लोकतन्त्र स्थापना गर्ने उद्देश्य बोकेको जनआन्दोलन ल्याउन सक्तैनन् । अहिले उनिहरुले गरिरहेको (औपचारिक नै सहि) आन्दोलन जनआन्दोलन नभएर दलआन्दोलन हो । दलआन्दोलनले केहि लछारपाटो लगाउनेवाला छैन । मुख्य पार्टीहरुको पुर्ण लोकतान्त्रिककरणको लक्षण भनेको बाह्रवर्षे गाईजात्रे प्रजातन्त्रमा सरकार र छायाँ सरकारको कुर्सीमा बसेर आफ्नो अयोग्यता प्रदर्शन गरिसकेका निवर्तमान नेतृत्व हटेर ताजा नेतृत्व आउनु हो । किटेर भन्दा, गिरिजा, माधव र देउवाहरुको नेतृत्वबहिर्गमन हुनु हो । त्यसो नभएसम्म पार्टीहरुको दलआन्दोलनमा बाह्र हातको टाँगाले पनि छुन आउनेछैनन् जनसाधारण । राजाले अति गर्ने काम जारी राखे भने जनताहरु बरु दलआन्दोलनबाट स्वतन्त्र र पृथक जनआन्दोलनमा उत्रन बेर छैन, नागरिक समाजका प्रतिष्ठित व्यक्तिहरुको नेतृत्वमा । त्यतिन्जेल पनि दलहरुले नालायक नेतृत्वको काँचुली फेर्न सकेनन् भने चै के के हुने हो भन्न सकिन्न, जे पनि हुनसक्छ । तर फेरे काँचुली भने उनीहरुले सजिलै त्यसको राजनैतिक नेतृत्व ग्रहण गर्न पाउनेछन् । त्यसैले कुरा अहिले पार्टीहरुको कोर्टमा छ । राजाको कुरै नगरे हुन्छ अहिले । गरे पनि छोटे राजात्रय गिरिजा, माधव र देउवालाई गद्दित्याग गर्न लगाउने सन्दर्भमा मात्र ।
Read Full Discussion Thread for this article