Posted by: dodhare July 25, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
तपाईले त प्रजातन्त्रको पाठ सिकाउन थाल्नुभो। तर मैले सोधेको त युद्धको कुरा हो। आन्दोलन त सुरु भै सक्यो नि। त्यसैले प्रजातन्त्रको महत्वमाथि प्रकाश पार्नै परेन। मेरो प्रश्नलाई छेउ लाएर प्रजातन्त्रलाई बीचमा नलाद्नुस। कमसेकम माओवादीका त नेता र कार्यक्रममा विवाद छैन भन्ने माथि नै उल्लेख गरियो। तर प्रजातन्त्रवादीहरुको लडाई खै कता गैराछ? विना नीति र कार्यक्रम आफू अल्मलिएको कि अरुलाई अल्मल्याएको? असोजतन्त्र/मकरतन्त्र/प्रतिगमनको विरुद्ध लडिईरहेको लडाईको नेतृत्व लिने प्रजातन्त्रवादी नेताको नाम के हो? कि युद्धमा एउटा नेताको खांचो देख्नुहुन्न? नेता छ भने त्यो नेता सबैलाई मान्य छ कि छैन? युद्धका मागहरु के के हुन (प्रजातन्त्र? पूर्ण प्रजातन्त्र? संसद स्थापना? गणतन्त्र? सम्वैधानिक राजतन्त्र?,???)? ती मागहरुमा सबै युद्धरत पार्टीहरुको सहमति छ? छैन भने कुरो नमिल्नेहरुलाई कैले छिमल्ने? कि संख्या घट्ने डरले ढिला सुस्ति भएको? युद्धको समय रेखा कस्तो छ? साढे दुई वर्षमा युद्ध नसकिएमा के गर्ने? चुनाव हुन सक्ने सम्भावनालाई केलाउनुस। पार्टीले भाग लिने कि नलिने? नेता र कार्यकर्तालाई चुनाव बहिस्कारबाट रोक्न नसकिए के गर्ने? माओवादी प्रति पार्टीहरुको धारणा के? किन मिल्ने? किन नमिल्ने? यी कुराहरु विचार नगरी लडिएको युद्धको परिणाम के आउला? त्यसैले अन्यौलताको लडाई भनेको। आन्दोलनलाई टेवा पु-याउने ईच्छा छ भने यस्ता कुराहरुमा ध्यान दिनुस। नत्र प्रजातन्त्रको रटाई एसियाली मापदण्ड जस्तै होला। अमेरिका, वेलायत, भारत, कि बंगलादेशको प्रजातन्त्र? राजनैतिक नेता र कार्यकर्ताहरु मात्र प्रजातन्त्रको वहालीको नाममा सत्ता प्राप्त गर्न आतुर छन्। सर्व साधारण जनताले हेरि रहेका छन्। हरेक कुराको लेखाजोखा गर्न समय लाग्छ। र मलाई लाग्छ बांकी साढे दुई वर्ष राम्रोसंग हेर्नेछन्। राजाको कदमबाट पनि जनस्तरमा केही परिवर्तन आएन भने जनता विरोधमा उत्रिने छन्। तर त्यसका लागि राजनैतिक पार्टीहरुले धैर्य त लिनै पर्छ। प्रजातन्त्रको नाराले जनता सडकमा उत्रिहाल्ने त भेउ पाईन मैले।
Read Full Discussion Thread for this article