Posted by: dodhare July 25, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
नेपे-जी, दोधारे भन्ने नाम साझाको स्थापना कालको सुरुतिरै दर्ता गरिएको हो। साझाको आर्काईभ हेर्नु भो भने मलाई फाट्ट फुट्ट भेट्नु हुनेछ। तर म प्रायः नियमित पाठक हुं, लेखक हैन। माओवादीहरुका नेता प्रचण्ड छन्। उनकै नेतृत्वमा पार्टीले युद्ध गरिरहेको छ। उनीहरुको मागहरु पनि स्पष्ट छन्। १. गोलमेच सम्मेलन २. अन्तरिम सरकार ३. सम्विधानसभा गोलमेच सम्मेलन किन? अन्तरिम सरकार गठन गर्न। अन्तरिम सरकार किन? सम्विधान सभाको चुनाव गर्न। सम्विधान सभा किन? नया सम्विधानको निर्माण गर्न। उनीरहरुका माग कति जायज र नाजायज छन भन्ने कुरा बहशको विषय रहे पनि उनीहरुको लक्ष स्पष्ट छन्। त्यसैले उनीहरुको युद्ध पनि सशक्त छ। तर पहिलेको तुलनामा अहिले उनीहरु कमजोर सावित भएका छन्। किनभने १. सरकारी सुरक्षाकर्मीहरुले उनीहरुको धेरैवटा हमलाहरुलाई विफल तुल्याई दिए। फलस्वरुप हमला भएका ठाउंहरुमा माओवादीहरुले ठूलो र बढ्ता क्षति ब्यहोरे र नेताहरु स्वयंले त्यसको पुष्टि गरे। २. माओवादी भित्रको अन्तर कलहको पर्दाफास गरियो। ढिलै भएपनि त्यसको पुष्टि गरियो। कार्यकर्ताहरुमा त्यसले नकरात्मक असर ल्यायो। ३. सुरक्षाकर्मीहरुले माओवादीहरुबाट आफ्नो कमजोरी लुकाउन निर्दोष जनतामाथि हमला हुन सक्ने चेतावनी दियो। माओवादीहरुले बस आक्रमणबाट त्यसलाई प्रमाणित गरिदिए। फलस्वरुप उनीहरुले जनतासंग माफी माग्नु प-यो। निर्दोष जनतालाई हमला नगर्ने कसम खानु प-यो। तर बिना त्रास माओवादीको शक्ति के मा छ? यस्ता कुराहरुले माओवादीलाई कमजोर पारेको तपाई देख्नुहुन्न भने मेरो भन्नु छैन। फेरी, तपाई त कम्युनिष्ट विचारधार त्यागेर प्रजातन्त्रवादी भएको मान्छे, माओवादीको सफलताले किन उत्साहित हुनु पर्ने नि? माओवादी त प्रजातन्त्रवादीका दुस्मन हैनन् र?
Read Full Discussion Thread for this article