Posted by: Nepe July 25, 2005
Couldn't Help Visiting Her Website
Login in to Rate this Post:     0       ?        
कंकाईरिभरजी, तपाईको जो ईच्छा । किन्तु मैले तपाईलाई Abnormal साबित गर्न खोज्या चै बिल्कुलै होईन । वास्तवमा shrink हरुको लागि कुनै कुरा पनि abnormal हुँदैन; सबै कुरा normal र explicable हुन्छन् तिनीहरुको लागि । shrink भन्नासाथ उतर्सिनु पर्ने कारण थिएन, तथापि तपाईको ईच्छाको सम्मान गर्दै मेरो shrink लाई बिदाबारी गर्छु । तर जाँदाजाँदै यति चाहि भनिहाल्छु- तपाई जसलाई guilt भन्दै हुनुहुन्छ नि त्यसको deconstruction गर्ने हो भने त्यसमा अन्य कुराहरु पनि देख्न सकिन्छ होला, तर तपाई ढुक्क हुनुहोस् जे भएपनि ती सब कुराहरु perfectly normal कुराहरु हुनेछन् । मुख्य कुरो तपाईको "sense of guilt" ले तपाईको जीवन/दैनिकी लाई adversely affect गरेको छ कि छैन हो । छैन अथवा कम्तिमा उल्लेख्य रुपले छैन भने चिन्ताको कुरै छैन । छ भने पनि चिन्ताको कुरो छैन, किनभने उपायहरु छन् । छ कि छैन भन्ने कुरो खुट्याउनु भएको छैन वा खुट्याईरहन चाहनु हुन्न भने पनि चिन्ताको कुरो छैन, किनभने यसले adversely affect नभएको तर्फ संकेत गर्छ । त्यसैले तपाई ढुक्क हुनुहोस् । यो shrink विदा भयो । *** *** *** दादाजी, गहिरिएर हेर्ने हो भने संसारको हरेक कुरा तिनिहरुको संरचना (composition) र दिक्काल (time-space) मा तिनीहरुको अवस्थितिले गर्दा अद्वैत (unique) हुन् । यो कुरा प्रेम सम्बन्धमा पनि लागु हुन्छ । प्रेम जटिल हुनसक्छ, तर रहस्यमय चै होईन । प्रेम तात्विक (elementary) कुरा नभएर यौगिक (compound) कुरा भएकोले यसका constituents को अलग अलग तिव्रता (intensity), सापेक्षता (relativity) र जीवन (life) ले यसको विविधीकरण (diversification) गर्दछन् । प्रेम सम्बन्ध टुट्दा यसको सबै ingredients को एकैपल्ट मृत्यु हुँदैन । हामीले बुझ्नु पर्ने कुरा यहि हो ।
Read Full Discussion Thread for this article