Posted by: Futurenepal July 24, 2005
'Malati Mangle' settled in US!!
Login in to Rate this Post:     0       ?        
अभिनेत्री लक्ष्मीले उनका छोराहरू अमेरिकाकै नागरिक भइसकेकाले उतै बस्न रुचि देखाएकी हुन् भने अरूहरूले आफ्नै पैसामा नाटक खेल्न गएकाले त्यो पैसा उठाउन पनि केही महिना बस्नैपर्ने 'बाध्यता' खुलाएका थिए । यो नाटकका लागि टोलीप्रमुख प्राज्ञ सरुभक्तसहित सबैले आफ्नै खर्चमा अमेरिका यात्रा गरेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको सिर्जना 'मालतीमंगले' पहिलोपटक यिनै कलाकार टोलीबाट ०४२ सालमा प्रदर्शनमा आएको थियो । यसको संगीत निर्देशक अम्बर गुरुङ र नाटक निर्देशक वसन्त श्रेष्ठ रहनुभएको छ । 'मालतीमंगलेको अहिलेसम्म वर्तमान थियो, अब इतिहास हुने भयो,' प्राज्ञ सरुभक्तले दुःखी हुँदै भन्नुभयो- 'उता इतिहास समापन गर्न गएजस्तो भयो ।' उतै बस्ने अभिनेत्री लक्ष्मी नाटक निर्देशक वसन्तकी श्रीमती हुन् भने कलाकार लीलाराजसिंह सुवालकी श्रीमती तारा पनि उतै बसेकी छिन् । हाल वासिङटन डीसीमा रहेका प्रतिष्ठानकै पूर्वकर्मचारी हेमन्त श्रेष्ठसहितको नेपाली समूहले गरेको निमन्त्रणमा गएको नाट्य टोलीले धेरै प्रवासी नेपालीमाझ नेपाली रंगमञ्चको चिनारी बाँड्न सकेको उहाँले बताउनुभयो । नाट्य टोलीले प्रेमराजा महत, राजाराम पौड्याल, करिश्मा मानन्धर, सरोज खनाल, रवि लामिछाने, गोविन्द गिरी प्रेरणालगायतका कलाकार, कविसँग भेटघाट गरेको थियो । 'तर सबै भेटघाट र अन्तक्रिर्या अहिले फिका बन्न पुगेका छन्,' उहाँले भन्नुभयो- 'उतै नाटक देखाएर उठेको पैसाबाट कलाकार खर्च बेहोर्न सकिएला भन्ने थियो, त्यो पनि सकिएन ।'
Read Full Discussion Thread for this article