Posted by: Futurenepal July 24, 2005
'Malati Mangle' settled in US!!
Login in to Rate this Post:     0       ?        
A news from Kantipur (ज्ञानेन्द्रले त पुरै शान्ति ल्याईसकेछ नि नेपालमा!!!) http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=46685 'मालतीमंगले? का सात कलाकार अमेरिकामा बेपत्ता' कान्तिपुर संवाददाता काठमाडौं, साउन ९ - गीतिनाटक 'मालतीमंगले' प्रदर्शनीमा अमेरिका गएका नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सात कलाकार उतै बेपत्ता भएका छन् । वैशाख २४ देखि झन्डै अढाई महिना लामो अमेरिका यात्राको नेतृत्व गरेर फिरेका प्राज्ञ सरुभक्तका अनुसार कलाकारहरू 'केही महिनापछि फिर्ने' भनेर उतै बसेका हुन् । 'अमेरिकाका सात सहरमा नाटक देखाइन्जेल हामी साथै थियौं,' प्राज्ञ सरुभक्तले कान्तिपुरसँग भन्नुभयो । अमेरिकाका नर्थ क्यारोलिना, न्युयोर्क, वाल्टिमोर, सियाटल, डेनवर, डेलास र वासिङटन डीसीमा नाटक प्रदर्शन पूरा गरेपछि मात्रै केही कलाकारले उतै बस्ने इच्छा देखाएको उहाँले बताउनुभयो । 'मैंले नाटक लैजानुअघि देखि नै काम सकेर फिर्नुपर्ने कुरामा प्रतिबद्ध बनाएको थिएँ,' उहाँले भन्नुभयो- 'यो प्रज्ञा प्रतिष्ठान र देशकै प्रतिष्ठाको विषय हो भनी सम्झाएको थिएँ तर कोही आर्थिक र कोही व्यक्तिगत कारण भन्दै उतै बसेका छन् ।' प्रतिष्ठानको नाट्य विभागका प्रमुखसमेत रहेका सरुभक्तले कलाकार उतै बसेको प्रतिवेदन यसै साता प्रज्ञा परिषद्मा बुझाएपछि उनीहरूलाई सेवाबाट निष्कासन सहितको कारबाही गरिने भएको छ । उतै बस्ने कलाकारमा 'मालतीमंगले' मा 'मालती' बन्ने लक्ष्मी श्रेष्ठसहित कृष्णमुरारी ढुंगेल, कृष्णमान तुलाधर, श्यामप्रसाद खड्गी, संगीता शर्मा, सरस्वती राना र तारा सुवाल छन् । यसमध्ये अभिनेत्री एवं नृत्यांगना श्रेष्ठले दर्जनौं नाटकमा अभिनय गरेकी छन् भने अभिनेता ढुंगेल चर्चित टेलिशृंखला 'अविरल बग्छ इन्द्रावती' चलचित्र 'नौडाँडापारि' लगायतका निर्देशक हुन् । उनले दर्जनौं टेलिफिल्म र नाटकमा अभिनय/ निर्देशन गरेका छन् । क्रमश:
Read Full Discussion Thread for this article