Posted by: Futurenepal July 24, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
बिचारा...चु...चु.. मसँग काहाँ हुनु नि तपाईको जस्तो नोकरहुने कला? नोकरपन्थी कलामा त तपाईँ यति पारंगत हुनुहुन्छ कि, तपाईँका अगाडि पीटर गिरी, जगत गौचन सब भूसुना भैसके अब त। म त यति अचारको पित्को जति पनि छैन, तपाईँको तुलनामा यो कलामा चाहिँ है, मैले साँच्चै भनेको। भक्ति र नोकरपथमा तपाईँ हाति म कमिला, तपाई सुर्य म टुकि। तपाईँको राम्रो भबिश्य देखेको छु मैले। माघ १९ पछि तपाईँका दिन फर्केका छन्। एक साथीको हैसियतले म एउटा राम्रो सल्लाह दिन्छु "यस्तै भक्तिपथ र नोकरचाकरीमार्गमा लाग्दै जानुस्, तपाईको भगबान्ले तपाईँलाई आषिर्बाद दिनु हुनेछ छिटै, अनि त तपाईको भक्तिपूर्ण गोडामोलाईले तपाईँको भबिश्य सुनौलो हुनेछ। तर ढिला नगर्नुस् है, समय सकिएला नि फेरी।" म त प्रजातन्त्र, मानबधिकार, स्बतन्त्रता, न्यायिक राज्य र नेपाली जनताको नोकर। के गर्नु, तपाईँको भगबानले मेरा यी आस्था र बिश्बासलाई खुलेआम बलत्कार गरे। त्यसैले त तपाईँको ईस्बरको खुनी पञ्जाबाट मेरा आस्था र बिश्बासलाई जोगागन मैले पनि केहि गर्नै र्ने महसुस गरेको छु नि। ----------------- भबिश्यकोनेपाल
Read Full Discussion Thread for this article