Posted by: Nepe July 24, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
यो थ्रेडमा दुई जना महानुभावले महाराजधिराजले माओवादीलाई परास्त गर्दै लगेको दावी गरेको देखें । दिनदिनै समाचारहरुमा माओवादीहरुको सक्रियताका जेजस्ता समाचार सुन्नमा आउँछन्, तिनलाई एकछिन पन्छाएर यी महानुभावहरुका रिपोर्ताज लै विश्वास गर्न कोशिस गरम है त । भनेसी चमत्कारै भयो, हैन त ? सम्पूर्ण प्रतिकुलताको वावजुद त्यसो हुनु चमत्कार नभए के त ? अब प्रतिकुलताकै कुरा गरम न, पहिलो, माओवादीलाई सैनिक रुपले सखाप पार्न सकिन्छ भनेर आजसम्म कसैले भनेको सुनिएको थिएन । मुलुकका र विदेशका सैनिकशास्त्री, कुटनीतिज्ञ, सरकार-प्रमूख मात्र होईन शाही सेनाकै केही जर्सापहरुले समेत माओवादीलाई सैनिक रुपले सखाप पार्न नसकिने पो दावी गरिरहेका थिए । दोश्रो, अहिले महाराजले राजनैतिक पार्टीहरुलाई माओवादीसंग नयाँ गणतान्त्रिक गठबन्धनको सम्भावनाको नजिकै पु-याईदिएर माओवादीलाई नैतिक रुपले झन् शक्तिशाली बनाईदिएको पर्यवेक्षकहरु देखिरहेका छन् । तेश्रो, हातहतियारको विदेशी श्रोत खतम भएर शाही सेनाले अब स्वदेशमै धनु-काँड र भालाको उत्पादन गर्ने योजना बनाईरहेको घोषणा शाही सेना स्वयंले गरेको रात कट्न पा छैन । संभवत: आधुनिक हतियारहरुको बाँकि रहेको थोक नारनहिटीको सुरक्षाको लागि मात्र पुग्छ (यो कुरा बेग्लै हो, बेला आएसी कुनै हतियारले पनि जोगाउन सक्तैन नारनहिटीलाई ) । यी सब कुराको वावजुद माराजका सेनाले माओवादीलाई पेल्दै लगिरहेको छ भने माराजमा दैवी शक्ति अवश्य छ । आच्चे के कुरा ग-या मैले, माराज स्वयं विष्णुको औतार होईनन् र ? माराज, हजुरको दैवी शक्तिको बयान हजार जिब्रा भएका शेषनागले ता गर्न सक्तैनन् भने लोकमान र दोधारेज्यूले ता कति नै गरे होलान् र । यस्ता प्रचण्ड पर्तापी माराजलाई यो तुच्छ जीवको कोटीकोटी नमस्कार ।
Read Full Discussion Thread for this article