Posted by: mampaka July 24, 2005
BISHE NAGARCHI AGAIN
Login in to Rate this Post:     0       ?        
एकछिन कविता पढेर ३० हजार फूलमान वल काठमाडौं, - श्रवण मुकारुङलाई चिन्नुपर्दा धेरैको दिमागमा कविता फलाक्दै हिँड््ने बेरोजगारको तस्वीर आउँछ । कविता, गीत र नाटक गरी चार-चारवटा कृति निकाली सक्दा पनि उनीसँग जम्माजम्मी १० हजार गोेजीमा परेको अनुभूति छ । तर शनिबार तिनै श्रवणको हातमा कविता सुनाएबापत ३० हजार रुपैयाँभन्दा बढी हात पर्?यो । 'नसोचिएको भयो,' आरोहण गुरुकुल थिएटरबाट बाहिरिँदै गर्दा शुभचिन्तकमाझ घेरिएका श्रवणले भने- 'म यसलाई जीवनकै अविस्मरणीय घटना मान्छु ।' अविस्मरणीय नहुनु पनि किन ? आफैंले प्रकाशित गरेको कृति 'देश खोज्दै जाँदा,' 'हिउँको दरबार' र 'यलम्बर' बाट उनले कमाएको जम्मा ७ हजार हो । गत वर्ष साझा प्रकाशनबाट प्रकाशित 'जीवनको लय' कविता संग्रहबाट करिब ३ हजार रोयल्टी पाए । कविता कृति भन्नासाथ मुस्किलले बिक्री हुने र सित्तैमा वितरण गर्नुपर्ने साझा समस्याबीच गुरुकुल थिएटरमा आयोजित श्रवणको 'एकल कविता वाचन' ले सबैलाई चकित तुल्याइदियो । 'हामी यति खुसी छौं कि भुइँमा खुट्टा छैन भने पनि हुन्छ,' आयोजकमध्ये एक हिमाल एसोसिएसनका केदार शर्माले भने- 'टिकट किनेर कविता सुन्ने गुणी दर्शक पनि हुँदा रहेछन् ।' शर्माका अनुसार कविता वाचनका लागि एसोसिएसनसँगै नेपाल कविता डटकम र गुरुकुलले जम्माजम्मी एकहप्ते तयारी गरेको हो । 'कृति किनेर पढ्ने संस्कार नबसेको हाम्रो समाजमा' कवि विक्रम सुब्बाले भने- 'यो नौलो घटना हो ।' त्यसो त धेरैले साहित्यलाई अन्य आयमूलक काम या रोजगारी भ्याएर गरिने फुर्सदको विषय बनाउँछन् । तर लेखेरै जीवन गुजारा गर्न खोज्ने श्रवणजस्ता स्रष्टाका लागि यो सामान्य होइन । 'मेरो त कविता सुनाउँदैमा उमेर बित्न लागिसक्योे,' हौसिँदै उनले कान्तिपुरसँग भने- 'आउने पीढीका लागि उत्साहको ढोका खुलेको छ ।' भोजपुरको पहाडबाट दुई दशकअघि काठमाडौं पसेका श्रवण पछिल्लोचोटि 'बिसे नगर्चीको बयान' कविताबाट चर्चामा आएका हुन् । नेपाल एकीकरणको इतिहाससँग गाँसिएको पात्र बिसे नगर्चीलाई बहुलाएको मनोदशामा प्रस्तुत गरिएको कविताले कार्यक्रममा 'वान्स मोर' पायो । विभिन्न सात खण्डको वाचनमा उनले प्रेम, संवेदना, पहाड र जीवनका कविता मात्रै सुनाएनन् । प्रजातन्त्र र पसिनाका सन्दर्भ उठाउँदै फेरि भने- यी दरबारका भव्य झ््याल-ढोकाहरूमा कस-कसका हातका रेखाहरू छन्् ? यी मन्दिरका मूर्ति र गुम्बाका गजुरहरूमा कस-कसका औंठाका शंख-चक्रहरू छन्् ? एक-एक खुट््याउनु छ, इतिहासको खुनी अनुहार चिन्नु छ- को हो असली निर्माता ?
Read Full Discussion Thread for this article