Posted by: Ok July 22, 2005
GYANENDRA KAAL --- Some Examples of Brutalities
Login in to Rate this Post:     0       ?        
सदरमुुकाम धादिङबेसीबाट करिब ८ घन्टा पैदलमा पुुगिने यो पुुरानो बजारका वासिन्दा अझै समस्याबारे बोल्न डराउँछन् । असार १४ गते इन्सेक, कोक्याप, हिमराइट, रिलेक, गैसस महासंघ, सिनेट नेपाललगायतका संस्थाका आठ मानव अधिकारवादी अनुुसन्धानका निम्ति पुुगेका थिए । 'त्यो बेला हामी कम्ती खुुसी भएका थिएनौं,' एक पसलेले भने- 'तर उनीहरू गएपछि हामीलाई मानव अधिकारवादीलाई कसले बोलायो भनेर सोधपुुछ गरियो ।' चार वर्षपहिले संयुुक्त सुुरक्षाफौज बस्न आउनुुअघिको उनीहरूको पीडा बेग्लै थियो । उनीहरूलाई माओवादीले चन्दा र सहयोगका लागि हैरानी दिन्थे । सुुरक्षाकर्मी बसेपछि त्यो पीडाबाट उनीहरू मुुक्त भएका थिए । तर सुुरक्षाकर्मीबाट भएको दुुव्र्यवहारपछि उनीहरू दोहोरो असुरक्षा महसुस गर्न थालेका छन् । स्थानीयवासीको सबैभन्दा ठूलो चित्तदुुःखाइ केमा छ भने उनीहरूलाई आफ्नो कुुरा भन्नसमेत नदिई कुुटपिट गरियो । उनीहरूका अनुुसार बजार क्षेत्रमा मात्रै २ सयभन्दा बढीले पिटाइ खाएका छन् । अझ त्यो बाटो हिँड्नेहरूले खाएको पिटाइको कुुनै गणना छैन । चार महिनादेखि टेलिफोनबाट समेत वञ्चित उनीहरूले आफूलाई निकै ठूलो बन्धनमा परेको अनुुभव गरेका छन् । आफ्नाबारे कतैबाट सुुनुुवाइ नभएपछि आफूहरूको संरक्षण गर्ने कुुनै निकाय नै नभएको जस्तो ठानेको समेत उनीहरूले बताए । उनीहरू सुरक्षाकर्मीसँग असन्तुष्ट देखिन्थे । तर सेनाका स्थानीय एक अधिकृतले स्थानीय बासिन्दासँग सम्बन्ध राम्रो भएको बताए । 'सुुरुका दिनमा केही तुुषारापात भयो,' उनले भने- 'अहिले राम्रो छ ।' मानव अधिकारवादीको प्रतिवेदनमा आरुघाटका सहसेनानी रुद्रदेव पाण्डेलाई उद्धृत गर्दै लेखिएको छ- 'हाम्रा केटाहरू मारिएपछि छानबिनका क्रममा दौडिँदा कसैमाथि ठेस लागेको हुुनसक्छ, कसैलाई धक्का लागेको हुुनसक्छ । त्यसलाई कुुटपिट भएको मान्नुु हुुँदैन ।' आफूमाथि भएको पिटाइका सम्बन्धमा प्रतिवेदनमा पूर्वसैनिक टेकबहादुुर श्रेष्ठले भनेका छन्- 'म पनि पूर्वआर्मी हुुँ भन्दा अशिष्ट गालीगलौज गरे । बाँसको लौराले मेरो दायाँ हातमा पिट्दा कान्छी औंला दोबि्रयो । त्यसपछि फेरि बायाँ हातमा पनि हिर्काए । पुुनः बुुटले हाने । गालामा हातले पनि हिर्काए । त्यसपछि अर्को मान्छे भएतिर झम्टिए ।' पिटाइ धेरैले खाए । 'यहाँ को-को पिटिए भन्दा पनि कसले पिटाइ खाएन र किन खाएन भन्नेमात्र चर्चा छ,' एक बजारवासीले भने । मानव अधिकारवादीले असार २४ मा सार्वजनिक गरेको प्रतिवेदनमा कुुटाइबाट घाइते र पीडित हुुनेमा जीवन श्रेष्ठ, ज्ञानप्रसाद अधिकारी, दिनेश ढकाल, पीपेन्द्र कँडेल, भगवान श्रेष्ठ, सुुरेन्द्र श्रेष्ठलगायत ३७ को नाम उल्लेख छ । घटना विवरण उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ- 'अध्ययन टोली असार १४ गते दिउँसो करिब साढे तीन बजे धादिङतर्फको बजारमा पुुग्दा बजार पूरै बन्द थियो । केही घरको ढाकाबाहिर उभिइरहेका थिए । टोली पुुगेपछि तत्कालै जम्मा भएका बजारवासी सुुरक्षाकर्मीले देख्ने डरले बाहिर बजार चोकमा उभिन डराएका थिए ।'
Read Full Discussion Thread for this article