Posted by: Nepe July 21, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
अब तपाई र म आंशिक रुपमा सहमत भएको कुरा पट्टि लागौं । तपाईले राजनैतिक पार्टीहरुको हालसम्मको नेतृत्व भ्रष्ट र अक्षम भएको र त्यसको ठाउँमा नया नेतृत्व आउनुपर्ने आवश्यकता औंल्याएर वास्तवमा आजको सबभन्दा पहिलो, सबभन्दा महत्वपूर्ण र अनिवार्य राजनैतिक एजेन्डालाई उठाउनुभयो । यसमा आवश्यक जोड दिन हेतु म फेरि दोह-याएर भन्छु यो आजको सबभन्दा पहिलो, सबभन्दा महत्वपूर्ण र पर सार्न हुँदै नहुने राजनैतिक एजेन्डा हो । यो त राजालाई घुँडा टेकाउनतिर लाग्न भन्दा पनि पहिले गरिसक्नु पर्ने कुरा हो । (किनभने राजालाई घुँडा टेकाउन नसकिएको प्रमुख कारण नै त्यहि हो, अरु कुरा त के भनिरहन परो र ) तपाईलाई विदितै हुनुपर्छ, गणतन्त्र सम्बन्धी मेरो एउटा प्रमुख बहस रहिआएको छ, राजनैतिक पार्टीहरुको वैचारिक र सांगठनिक दुवै तहमा पूर्ण लोकतान्त्रिकरणको जरुरी । तपाईले पनि नयाँ नेतृत्वको आवश्यकताको कुरा गर्नु भयो, मैले पनि त्यहि कुरा गरिरहेको छु । तर फरक कति भने म यसलाई एउटा गन्हाएको व्यक्ति हटाएर अर्को सुकसुकाउँदो राख्ने एक?पटके घटनाको रुपमा होईन वरु त्यस्तो कुरा नियमित र सहज रुपमा हुने आन्तरिक लोकतन्त्रको पद्धति तत्काल स्थापना गरेर गर्नुपर्ने रुपमा लिन्छु । नत्र अर्को जोगी पनि कानै चिरेको रहेछ भने मारेन ? अहिलेसम्म नेकपा र नेका दुबैमा 'आन्तरिक राजतन्त्र' चलिरहेको छ । वास्तवमा मुलुकको लोकतान्त्रिक क्रान्ति र पार्टीहरुको आन्तरिक लोकतान्त्रिक क्रान्ति समानान्तर विषयहरु रहेछन् भन्ने कुरा बल्ल आएर स्पष्ट हुँदैछ । पार्टीहरुमा आन्तरिक लोकतान्त्रिक क्रान्तिको लागि चारैतिरबाट सकारात्मक र विपरितात्मक दुवै खाले दबाबहरु परिरहेका छन् । म आँखा झिमिक्क नगरी हेरिरहेको छु । लामो समयको क्रोनिक निराशापछि म केहि किरणहरु देखिरहेको छु । हेर्दै जाम । केहि सिप लागेन छ भने बोकिन्छ बन्दूक । भगवानले नगरुन त्यस्तो अवस्था आओस् ।
Read Full Discussion Thread for this article