Posted by: Nepe July 21, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
दोधारेज्यू, तपाई साझाको जन्मकालदेखिकै पाठक हुनुभएको सुनेर साह्रै खुशि लाग्यो । अर्थोक भन्दा नि मैले मेरा विचार-वहस दोह-याई दोह-याई बेलीबिस्तार लगाईरहन नपर्ने भयो भनेर । यदि तपाई साझाको मौन पाठक मात्र नभएर लेखक समेत हुनुहुन्थ्यो भने मलाई खुसुक्क तपाईको छद्मनाम भन्नुस् न, मलाई पनि तपाईलाई नाना भाँतिका प्रश्नहरु सोधिरहन नपर्ने हुन्थ्यो नि । अब, तपाईले पछिल्लो खेप भन्नु भएको केहि चाखलाग्दो कुरातिर लाग्छु । >म नाममा भन्दा काम/परिणाम मा विश्वास गर्छु। वास्तवमा हामी अहिले 'नाम versus काम' को कुरा गरिरहेको नभएर बरु 'व्यक्ति versus पद्धति' को कुरा गरिरहेका छम् । तपाई व्यक्तिमा विश्वास गर्नुहुन्छ, म पद्धतिमा । कुरा त्यसो हो । अझ मलाई क्षमा गर्नु हुन्छ भने म त यसो पो भनुँला, तपाई व्यक्तिमा (महाराजधिराजमा) विश्वास पनि होईन बरु अन्धविश्वास पो गर्नुहुन्छ त । तपाई महाराजधिराजले मुलुकमा 'शान्ति र स्थिरता' ल्याईरहेका देख्नुहुन्छ, म उल्टो भईरहेको देख्छु । महाराजले जेजति कुराहरुमा 'सुधार' ल्याईबक्सिदै छ फेब्रुअरी यता, म बाजी ठोक्न सक्छु, ती सब कुराहरु महाराज जाने बित्तिकै उल्ट्याईनेछन् । त्यसलाई स्थिरता भन्नुहुन्छ कि अस्थिरता ? तपाईले महाराजले माओवादीलाई कमजोर पारिदिएको दावी गर्नु भो । तर सारा दुनियाँ (महाराजका भाईभारदार छाडी र माओवादीका घोर शत्रुहरु समेत) त्यसको उल्टो दावी गरिरहेछन् । खै तपाईले के देख्नुभो, तर माओवादीहरुको शानसौकत र morale यो भन्दा उच्च बिन्दुमा कहिल्यै थिएन । सारा दुनियाले देखे, राजतन्त्रको बारेमा उनिहरुले भनेको कुरो पुग्यो, महाराजधिराजले उनिहरुलाई साचो साबित गरिदिएर ठूलो गुण लगाईबक्स्यो । अब गणतान्त्रिक क्रान्ति बाहेक अरु कुरा हुन नसक्ने स्पष्टै छ र राजनैतिक पार्टीहरुले त्यसलाई आफ्नो एजेन्डा छिट्टै बनाउन सकेनन् भने सम्पूर्ण कमीकमजोडीको बावजुद माओवादीले जनक्रान्तिको नैतिक नेतृत्व हत्याउन सक्ने देखिन्छ । यस्तो अवस्था सिर्जना गरेर महाराजले कसरी माओवादीलाई कमजोर पारे त्यो तपाई मात्र जान्नुहुन्छ । यो बाहेक कुन 'शान्ति र स्थिरता' को कुरा गर्नु भा हो तपाईले, त्यो मलाई थाहा भएन ।
Read Full Discussion Thread for this article