Posted by: dodhare July 21, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
नेपेजी, म नाममा भन्दा काम/परिणाम मा विश्वास गर्छु। तपाई असोजतन्त्रका कुरा गर्नु हुन्छ तर मैले त्यो भन्दा अघिको प्रजातन्त्रलाई तपाईले जस्तो चटक्क बिर्सेको छैन। त्यसैले मैले शान्ति र स्थायित्वको कुरा उठाएको हो। असक्षम नेतृत्वलाई दोष दिएको हो। शान्ति र स्थायित्व प्रजातन्त्रका आधारशिला हुन्। र यसमा तपाईसंग मेरो असहमति छ। मैले राजाले सबै समस्याको समाधान गर्छन र प्रजातन्त्रको बहाली गर्छन भनेर ठोकुवा गरेको हैन, शान्ति र स्थायित्व ल्याउन मद्दत गर्छन कि भन्ने आशा चै गरेको हो। आजसम्मको मेरो हेराईमा अहिलेको सरकारले माओवादी प्रति लिएको स्पष्ट दृष्टि र खरो नीतिले माओवादीहरु ढल्मलाएका छन्, पहिलो पल्ट हतियारधारीहरु कमजोर देखिएका छन्। यो शान्ति स्थापनाका लागि बलियो संकेत हो। प्रजातान्त्रिक शक्तिका सरकारहरुको तोरीलाउरे नीतिले माओवादीलाई सधै टेवा पु-याउन सिवाय केही गरेनन्। अहिले पनि उनीहरु माओवादीहरु प्रति अन्यौलता मै छन्। नेपेजी, तपाई हामी विदेशमा बसेर देशको चिन्तन गर्ने हो। आ-आफ्नो क्षमता अनुसारको राजनैतिक विश्लेषण गर्ने हो। को ठीक र को गलत रहेछ भन्ने कुरा त समयले देखाउने कुरा हो। यो साझाको न्वारानको समय देखि नै तपाईका भनाईहरु पढ्दै आएको छु र आशा छ अर्को तीन वर्षसम्म यही हाम्रो भेट हुने नै छ। किनभने प्रजातन्त्रको लडाई लड्न तपाई नेपाल जाने हैन र त्यो महान युद्ध रोक्न म जाने पनि हैन। तपाई लड्न गएपनि युद्धमा तपाईका नीति लागू हुने हैन। युद्धको नीति नेतृत्व वर्गले चयन गर्छ। र यो महान युद्धमा नेतृत्व लिने राजनेताहरु उही असफल, असक्षम, विवेकहीन, र दृष्टिबिहीन गिरिजा, माधव र देउवा छन्। त्यसैले, प्रजातन्त्रमा तपाईको निष्ठाप्रति मेरो कुनै सन्देह छैन। तर नेतृत्व वर्गको क्षमताप्रति छ र सायद तपाईलाई पनि होला। मैले नयां नेतृत्वको चयनको कुरा उठाएको कारण पनि त्यत्ति हो। बांकी तपाईले राजाको बारेमा भविष्यवाणी गर्नु भो, मैले पार्टीहरुको। यथास्थितिमा मेरो बाजी कायमै रहनेछ।
Read Full Discussion Thread for this article