Posted by: Ok July 20, 2005
GYANENDRA KAAL --- Some Examples of Brutalities
Login in to Rate this Post:     0       ?        
Another one--- little old but remains in mind forever http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=45000 'आमालाई मारेपछि लुगामा बन्दुक लुकाए' सरस्वती कार्की/लीला बराल टाघनडुब्बा -झापा, असार २२ - 'म सुतेको थिएँ, उनीहरूले हप्काउँदै उठ् भनेपछि म उठ्तै थिएँ, अर्कोले लुगामुनि कालो के लुकायो,' आमा हत्याको घटना सम्झँदै समीर अधिकारीले भने- 'पछि त्यहीँबाट बन्दुक निकालेर तेरी आमा माओवादीमा लागेर हतियार बेच्दिरैछे हैन ? ल हेर् भनेर देखाए ।' आइतबार बिहान टाघनडुब्बा-७ की सर्वसाधारण ३८ वषर्ीया रमा अधिकारीलाई सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए । सादा पोसाकका सुरक्षाकर्मीले आमालाई माओवादी बनाउन गरेका क्रियाकलाप देख्ने १३ वषर्ीय बालकलाई त्यतिबेलासम्म आमाको हत्या भएको थाहा थिएन । 'तेरी आमा माओवादी हो कि होइन ? हतियार बेच्ने हो कि होइन ? भन्' भन्दै सुरक्षाकर्मीले आफूलाई सुत्न, बस्न, उठ्न लगाउँदै पीडा दिएको उनले मंगलबार घटनास्थल पुगेका सञ्चारकर्मी र अधिकारवादीलाई सुनाए । छोरालाई समेत मार्ने त्रासले बुवा देवीप्रसाद जबरजस्ती कोठामा पुगेका थिए । 'बाबाले नानी यिनीहरूले आमालाई मारे नि थाहा पाइस् भन्नुभयो,' आँसु झार्दै समीरले भने- 'झ्यालबाट हेर्दा आमा दलानमा लडिरहनुभएको थियो ।' उनीहरुले हल्ला गरे अझै पाँच-छ जना मार्ने भनेको उल्लेख गर्दै उनले सुनाए- 'बाबालाई 'नि मारे भने के गर्नु भनेर बाबालाई नबोल्नु भन्दै तानें ।' देवीप्रसादका अनुसार सुरक्षाकर्मीले 'बाहिर जा' भनेर रमालाई दलानतिर खेदेपछि गोली हानेका थिए । 'शव पुर्न उनीहरूले खाल्डो खन्न थाले,' घरनजिकै रहेको खाल्डो देखाउँदै उनले भने । मुचुल्का तयार गर्ने जिल्ला कार्यालयका एक प्रहरीलाई चिनेकाले हारगुहार गर्दै शव मागेको उनले बताए । उनै सुरक्षाकर्मीलेे देवीप्रसाद घर नभएका बेला गत ११ गतेसमेत आएर रमासँग कुराकानी गरेका थिए । सुरक्षाकर्मीले दोहोरो भूमिका निर्वाह गर्ने 'खराब चरित्रकी' स्थानीय कर्ण थरकी युवतीको झोसपोलमा निर्दोष व्यक्ति मार्न थालेको गाउँलेको आरोप छ । जिल्लास्थित उच्च सुरक्षा स्रोत भने ती युवतीलाई माओवादीको आशंकामा पक्राउ गरेको बताउँछ । आफूहरू दोहोरो मारमा परेको जनाउँदै स्थानीयवासीले पीडितलाई क्षतिपूर्ति र दोषीलाई कडा कारबाही माग गरेका छन् । 'भात दिएन भने माओवादीले मार्ने, दिए सुरक्षाकर्मीले मार्ने !' टाघनडुब्बाका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले भने- 'अनि गाउँलेलाई कसको के भर !' झापास्थित हुरेक्ड, इन्सेक, कानुनव्यवसायीले पनि मंगलबार संयुक्त विज्ञप्ति जारी गरी निर्दोष महिलाको हत्यामा संग्लनलाई कडा कारबाही माग गरेका छन् ।
Read Full Discussion Thread for this article