Posted by: Ok July 20, 2005
GYANENDRA KAAL --- Some Examples of Brutalities
Login in to Rate this Post:     0       ?        
Friends, I start this thread to collect the evidences of some brutal acts of GYANENDRA KAAL (including articles, pictures and news!). Although it is fairly late to summarize hundreds, if not thousands, of such incidences since FEB 1 (better to say since Asoj 18!), the present situation of Nepal clearly shows many more in the offing !. ---- OK Here goes from Kantipur: http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=46311 'बाँचेकोमा छक्क पर्छु? दीपक अधिकारी - घटना गएको २९ माघको हो । म झापाको भद्रपुरबाट 'नौलो आवाज साप्ताहिक' निकाल्छु, सीमित साथीहरूको सहयोगमा । त्यस दिन साँझ ५ बजे भद्रपुर- १४ संगमचोकस्थित कार्यालय पुग्दा सहकर्मी मदन पोखरेललाई सेनाले पक्राउ गरी लगेको थाहा भयो । खबर पाएलगत्तै साथीको खोजीमा निस्कन आँट आएन । चन्द्रगढीस्थित जवरजंग गुल्ममा फोन गरेँ । 'तपाईंको साथी यहीँ छ, घरमै भएजस्तो हो' जवाफ थियो- 'सुर्ता नगर्नुस्, भोलि बिहान लिन आउनोस् ।' भोलिपल्ट अर्थात् फागुन १ गते सखारै गुल्म पुग्दा १० बजेपछि आउनु भनियो । म मध्याह्न १२ बजे गुल्म पुगेँ । सेनाका हवल्दार मेजरले 'ठीकै छ, साथी जिम्मा लिन जानोस्' भने । सेनाको जवानसाथ लगाई मलाई लगियो । म साथीसँगै फर्किन आतुर थिएँ तर ब्यारेक घुमाएर म स्वयंलाई अँध्यारो कोठामा थुनियो । हातमा हत्कडी लगाइयो । छाँगाबाट खसेझैं भएँ । मलाई मेरो अपराध के हो, बताइएन । त्यहाँ तीन दिनपछि ४ फागुनको साँझ ५ बजे आँखामा पट्टी लगाएर बाहिर निकाले । गाडीमा बसाए । र, अज्ञात ठाउँ लगे । एक ठाउँमा पट्टी खोलिदिए । तर त्यो कोठा थिएन । सेनाको बंकरजस्तो थियो । भित्तामा रगतका टाटा र रौंहरू थिए । छेवैमा तारहरू छरपस्ट थिए । पछि था'भो, मलाई चारआली ब्यारेक ल्याइएको रहेछ । त्यहाँ सेनाका जवानहरू भनिरहेका थिए 'यो कोठामा तीनजना त मरिसके, अब चार पुग्ने भो ।' जीवन यति नै रहेछ जस्तो लाग्यो । अरूभन्दा पनि अपराधै थाहा नपाई मारिने भएँ भनेर मनमा औधि कुरा खेल्यो, त्यस रात । भोलिपल्ट बिहान आठ बजे जवानहरू आए । आँखामा कालोपट्टीमै बाहिर निकाले । सायद त्यो ब्यारेकको चौर थियो । त्यहीँ लडाए, अनि बेस्सरी कुटे । आँखाको पट्टी यथावत् थियो, उनीहरूले पानी छयाप्तै कुटिरहे । सुनेको थिएँ, पानी छयापेर कुट्दा डाम बस्दैन । सायद उनीहरू त्यही सूत्र अपनाउँदै थिए । उनीहरूले मलाई 'माओवादी कमान्डर हुँ भन्, तुरुन्तै छाडिदिन्छु' भने । मैले 'म पत्रकार हुँ माओवादी होइन, नभएको कुरा कसरी भन्छु' भन्दै प्रतिवाद गरिरहेँ । उनीहरूको कुटाई अविरल थियो । पानी छयाप्दै कुट्दा यो क्रम दुई घन्टा लम्बियो । क्रमश:
Read Full Discussion Thread for this article