Posted by: mampaka July 19, 2005
Upcoming NAITIK SIKSHYA
Login in to Rate this Post:     0       ?        
अर्को । जीवनलाई यी दुई प्रभुका पाउमा समर्पण गर र चुपचाप रोऊ । यो जुनी नश्वर छ, त्यसैले परमार्थबारे सोच । अन्धविश्वासी होऊ, जयजयकार गर र पदक थाप । भक्तिमार्गमा आऊ, असल प्रजा बन र मुलुकको शिर उचो पार । अधिकारको दुःख शासक बेसाउने छन्, दायित्वनिर्वाहको सुख तिमीहरू लुट । हकको चासो नराख, कर्तव्यनिर्वाह गर । निजत्वको चिन्ता नगर । अस्मिता नखोज । विचार नगर, विचार गर्न भारदारहरू छन् । केवल आज्ञापालन गर । प्रजाधर्म निर्वाह गर । जीवनलाई निषेध गर र मृत्युको पूजा गर । मैनालीको नैतिक शिक्षा शान्तिका पक्षमा हुनेछ । आआफ्ना भयका आवरणमा कैद होऊ र कछुवा भएर सुरक्षित जीवन बाँच । पुर्खाका बलिदानको हिसाब नखोज । सिपाहीहरूलाई हेर र सोच्न छोड । जीवनलाई स्वर्ग र मत्र्यका प्रभुहरूको हवाला गर र परमार्थ सुधार । भजन गाऊ र पुरस्कार थाप । ओठमा ताला कसिंदा ताली बजाऊ, विवेकमा प्रतिबन्ध लाग्दा गौरव गर । रोग, भोक र शोकको पर्वाह नगर । इतिहासलाई वर्तमानको अदालतमा नउभ्याऊ । नैतिक शिक्षा पढ र नैतिक बन । हामी नैतिक पुनर्जागरणको युगमा छौं । मन्त्री मैनाली हाम्रो अगुवा हुनुहुन्छ । अबको पुस्ता पक्कै नैतिक हुनेछ ।
Read Full Discussion Thread for this article