Posted by: mampaka July 19, 2005
Upcoming NAITIK SIKSHYA
Login in to Rate this Post:     0       ?        
राधाकृष्ण मैनालीको नैतिक शिक्षा कृष्णज्वाला देवकोटा - शिक्षामन्त्री राधाकृष्ण मैनालीको सुयोग्य नेतृत्वमा सरकारले आगामी शैक्षिक सत्रबाट कक्षा एकदेखि दससम्म 'नैतिक शिक्षा' पढाउने भएको छ । पूर्व वामपन्थी मैनाली आफैं राजनीतिक नैतिकताका आदर्श मानक हुनुहुन्छ । दिशाहरू कसरी बदलिन्छन् र बदल्नुपर्छ, उहाँलाई थाहा छ । त्यसैले नैतिक शिक्षाको प्रभावकारितामा शंका गर्ने कुनै ठाउँ छैन । नेपालमा नैतिक शिक्षाको अभाव खड्किन थालेको निकै भयो । गरुडपुराणप्रतिको विश्वास निरन्तर घट्दो छ । स्वर्गको आस र नर्कको भयलाई यो लोकका चिन्ताहरूले जितेका छन् । मान्छेहरूले गरिबीमा गौरव गर्न छोडेका छन् । यो लोकका वैतरणी नदीले परलोकका वैतरणी नदी बिर्साउँदै गएका छन् । अन्धविश्वासको ठाउँ तर्कले लिनथालेको छ । यसरी मुलुकमा नैतिक भ्रष्टीकरण सुरु भएको छ । यसलाई रोक्न जरुरी छ । इतिहासका तयारी उत्तरहरूमा जनसाधारणको अविश्वास निरन्तर बढेको छ । सन्तोषी माईसँग दुःखनिवारणको पुकारा गर्नुको सट्टा सरकारसँग हिसाब माग्ने गलत प्रवृत्ति विकास भएको छ । आफ्ना दुःख र पीडाका लागि ईश्वरलाई दोष दिनुको साटो मान्छेहरू शासनसँग सवालजवाफ गर्न थालेका छन् । संसार मधुकैटभ नामका राक्षसहरूको हाड र रगतबाट बनेको सत्य मान्छेहरूले पत्याउन छोडेका छन् । शासक ईश्वर हो भन्ने विश्वास खन्डित हँुदैछ र सडकको अदालतमा इतिहास उधिनिंदै छ । नेपालीहरू परलोकको चिन्ता छोडेर यही लोकमा आफ्नो हक खोज्दै छन् । यो नैतिक पतन रोक्न आवश्यक छ । देशवासीका अनुहारमा निरन्तर सघन हुँदै गएको उदासी पनि यसैसँग जोडिएको छ । मुलुकमा हेल्थपोस्ट र अस्पताल नहोलान् तर भाकल गर्न प्रशस्त मन्दिर छन् । लाज लुकाउन टालो नहोला तर आँखा फिजाउन अनन्त आकाश छ । मुख लुकाएर रुन अनिंदा पहाड छन् । भोक बिर्सन नदीको कल्कल छ । चिसा सुस्केरा मिसाउन हिमाल छन् । पीडा बिर्सन चराहरूको चिर्बिर छ । आँसु थाप्न भिरालो भूगोल छ । दाहसंस्कारका लागि पर्याप्त घाट छन् । सबैभन्दा ठूलो कुरा, तल राजा छन्, माथि ईश्वर । अरू के चाहियो र असन्तुष्ट छ यो देश ? नैतिक शिक्षाको अभावले मुलुक बर्बाद भइरहेको छ । हिजो यस्तो थिएन । संसार इतिहास पढोस् तर नेपाली इतिहास भनेर कसैको वंशावली पढिरहेका थिए । व्यक्तिको प्रशस्तीलाई राष्ट्रियगान मान्न कसैले आपत्ति गरेको थिएन । गोडा धुन र पुन्य कमाउन होड हुन्थ्यो । झुक्न, मोहर चढाउन र ईश्वरका नजिक पुग्न ताँती लाग्थ्यो । काट्टो खानु र हात्तीमा चढेर संसारको दर्शन गर्नु गौरवको विषय मानिन्थ्यो । जे छ परलोकमा छ भनेर सिंगो देश परलोक सुधारमा लागेको थियो । तर नैतिक श्ािक्षाको कमीले नागरिकका मनमा प्रश्न जन्मायो र प्रश्नले उत्तर खोज्न उक्सायो । समस्या यहीँबाट सुरु भयो । मैनालीको नैतिक शिक्षा मैनालीजस्तै हुनेछ । वफादारी फेर र पुरस्कृत होऊ । आफ्नै इतिहासमाथि व्यभिचार गर र शुभलाभ प्राप्त गर । प्रभुमार्गमा लाग र जीवन सुगम बनाऊ । मोहर चढाऊ र तक्मा थाप । अनि बाँकी संसारलाई नैतिकताको पाठ पढाऊ । अब नैतिक शिक्षाले सिकाउनेछ- जीवनका उत्तरहरूको आपूर्ति गर्नु शिक्षाको उद्देश्य होइन । माथि एउटा प्रभु हुनुहुन्छ,, तल
Read Full Discussion Thread for this article