Posted by: Nepe July 18, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
अब मेरो ASAW को पालो . . . एक हप्ता पछि एउटा शेर हाल्दैछु । यस पाली चाँहि 'मकता' (concluding sher) नै । अहिलेलाई बींट मारें यसैमा । केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट मानौं हाँगालाई नै थामेर बसेको भ्रममा थिए हेर्दाहेर्दै केहि चमेरा थाकेर झरे रुखबाट केवल बलिष्ट पञ्जाहरु पर्याप्त छैन जङ्गलमा केहि बाँदरहरु हाँगा भाँचेर झरे रुखबाट भुर्र उडेर भाग्नु चराको नियति नै थियो, के भो ? आज चराहरु गुलेली ताकेर झरे रुखबाट वनको बाघले खाएका भने बेपत्ता छन् अद्यापि मनको बाघले खाएका, बाँचेर झरे रुखबाट कोईली नियाल्दै, गीत सुन्दै, थियो चौतारीमा "नेपे" कागका दुई फुल फ्यात्त गोडा नेर झरे रुखबाट
Read Full Discussion Thread for this article