Posted by: Nepe July 18, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरिष, 'जसको हतियार, उसैलाई मार' भन्या जस्तो पो भयो गाँठे ! जे होस्, मेरो भनाई र गराईमा अन्तर भएको नि:सन्देह हो । तर यसमा अचम्म मान्नु पर्ने कुरा के थियो र ? भन्ने नेपे र गर्ने नेपे दुई अलग मान्छेहरु हुन सक्तैनन् र ? कविहरुको जातै यस्तो होईन र, आफुलाई split गरेर अनेकौं मान्छे बनाउन सक्ने । फेरि हप्ताको एउटा शेरको दरले लेख्न सक्नु पनि ठूलै कुरा हो भन्दै आफुले चाहिं दिनका दिन शेर लेखेपछि नियत मेरो के थियो भन्ने कुरो स्पष्टै छैन र ? ;-) जहाँसम्म meter हरुको कुरा छ, मैले गजल लेखनमा प्रचलित meter हरुको कुरा गरेको नभई गायन/संगीत-संयोजनको लागि सर्वाधिक सहज meter हरुको कुरा गर्दै थिएँ । गजल लेखनमा प्रचलित meter हरु बारेमा थोरबहुत हेक्का छ मलाई गालिबले प्रयोग गरेका meter हरु: - http://www.columbia.edu/itc/mealac/pritchett/00ghalib/about/txt_meters.html? Music-friendly meters को मेरो निष्कर्ष चैं मैले गरेको झारपाते अनुसन्धान (Ghazal and non-ghazal Hindi songs को एउटा सानो स्याम्पल हेरेर) बाट निकालेको हुँ । गालिब लगायत ठुल्ठुला शायरहरुको शायरीको सारै सानो अंश (अंश भन्नु भन्दा पनि संख्या भन्नु उचित होला अझ) मात्र पेशेवर गायकहरुले गाएका छन् । मेरो ठम्याईमा, गायकहरुले गायनको लागि गजलहरु छान्दा दुईवटा कुराहरु हेर्छन- एक, गजलको अधिक संगित-सहजता र, दुई, शेरहरुको भावमा न्युन जटिलता । संगीत-असहज meter भएका र भावमा अत्यधिक जटिलता भएका शेरहरु युक्त गजलहरु पेशेवर गायकहरुले गाउने सम्भावना कमै हुन्छ, कारण स्पष्टै छ । पेशेवर गायकहरुले गाउने सम्भावना नभएका गजलहरुप्रति मेरो उत्साह कम छ । मेरो सोचाई के छ भने, यदि नगाईने हो भने यत्रोविधी रगत-पसिना बगाएर किन मिलाउनु प-यो बहर र काफिया ? बहर र काफियाको बन्धनबाट मुक्त र सजिलो स्वतन्त्र गद्य कविता लेखे भईहाल्यो नि ? गजलको सांस्कृतिक-सभ्यतागत महत्व नै के हो भने यो संगीत र साहित्यको पुल हो । संगीतका उपभोक्तासम्म साहित्यलाई पु-याउने ठूलो रणनैतिक महत्व भएको साधन पो हो त गजल, गाँठे । त्यस उसले, संगीतसंग बिहेबारी हुन सक्ने गुण नभएको गजल लेख्नु भनेको बेकारको ठाउँमा परिश्रम खर्च गर्नु हो जस्तो लाग्छ है मलाई त । मेरो एक चुनदाम ।
Read Full Discussion Thread for this article