Posted by: Ok July 14, 2005
Bichara Shiva Shrestha...
Login in to Rate this Post:     0       ?        
I know Ashu does not believe in numbers, which are outside of his interests or his ideological beliefs. Ironically, it is also a news with numbers (I am FULLY sure that Ashu does not believe in media too !). *** एफएम समाचारमा शतप्रतिशत मत कान्तिपुर संवाददाता काठमाडौं, असार ३० - 'एफएममा समाचार चाहिन्छ/चाहिँदैन' भन्ने विषयमा बिहीबार अधिराज्यभर सम्पन्न निर्वाचनका झन्डै शतप्र्रतिशत सहभागीले 'चाहिन्छ' भन्ने पक्षमा मतदान गरेका छन् । राजधानीमा मात्र ९९ दशमलव ५ प्रतिशत मत 'चाहिन्छ' भन्ने पक्षमा खसेको छ । माघ १९ पछि सरकारले एफएम रेडियो समाचार प्रसारण गर्न रोक लगाएपछि त्यसविरुद्घ संघर्षरत स्वतन्त्र रेडियो बचाऊ आन्दोलनले सर्वसाधारणको विचार बुझ्न निर्वाचन गराएको थियो । नयाँ बानेश्वर चोकमा अपराह्न ५ बजेदेखि एक घन्टासम्म भएको निर्वाचनमा २ हजार १ सय १८ मत खसेको थियो । यसमध्ये २ हजार १७ मत समाचार चाहिन्छ, २७ मत चाहिँदैन भन्ने पक्षमा खसेको थियो भने ७४ मत बदर भयो । नतिजा घोषणा गर्दै निर्वाचन सुपरिवेक्षक एवं प्रमुख निर्वाचन अधिकृत मानव अधिकारवादी सुबोधराज प्याकुरेलले समाचार प्रसारण गर्न पाउनुपर्छ भन्ने पक्ष्ामा रहेको पुष्टि भएको बताउनुभयो । 'सरकार थोरै पनि जनमतको सम्मान गर्न चाहन्छ भने अहिलेदेखि नै समाचार प्रसारणमा फुकुवा गर्न माग गर्छु,' उहाँले नतिजा घोषणा गर्दै भन्नुभयो । निर्वाचनमा सर्वासाधारणहरूले उत्सुकतापूर्वक भाग लिएका थिए । निर्वाचनकै क्रममा सञ्चारकर्मीहरूले मोबाइल सेवा खोल्न माग गर्दै 'मोबाइल सेट' पनि प्रदर्शन गरे । प्रदर्शनमा नेपाली प्रेसको अवस्था अध्ययन गर्न आएको अन्तर्राष्ट्रिय मिडिया मिसनका पदाधिकारीले पनि ऐक्यबद्घता प्रदर्शन गरेका थिए । यसैगरी दाङमा भएको तीन घन्टा लामो निर्वाचनमा ५ हजार चाहिन्छ, १ सय २७ चाहिँदैन भन्ने पक्ष र ४१ मत बदर भएको थियो । यसै गरी परासीमा सम्पन्न मतदानमा भाग लिएका ६ सय ५० मतदातामध्ये ६ सय १२ जनाले समाचार प्रसारणका पक्ष्ामा मत हालेको कान्तिपुर समाचारदाताले जनाएका छन् । हेटौंडामा मतदानका सहभागीमध्ये ९८ प्रतिशतले एफएमले समाचार प्रसारण गर्न पाउनुपर्छ भन्ने पक्षमा मतदान गरे । विराटनगरमा भएको निर्वाचनमा १ सय ९१ र विपक्षमा १६ मत र तीन मत बदर भएको छ । *** --- OK *Enjoying the only-negative comments from Self-Styled Professional-Commentators*
Read Full Discussion Thread for this article