Posted by: Futurenepal July 14, 2005
New council of Ministers
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=45728 नयाँ अनुहार कास काठमाडौं, असार ३० - सहायकमन्त्री नीक्षशमशेर राणा राष्ट्रिय एकतापरिषद् नामक संस्थाका नामबाट प्रजातन्त्रकालमा 'राजा आऊ देश बचाऊ' भन्दै विभिन्न प्रदर्शन गर्ने एक मुख्य व्यक्ति हुन् । त्यसैगरी अर्का सहायकमन्त्री जगत गौचन पञ्चायतकालमा पत्रकार पदम ठकुराठीलाई गोली हानेको अभियोगमा जेल सजाय पूरा गरी निस्केका व्यक्ति हुन् । सहायकमन्त्री सिनेट श्रेष्ठ मल खरिद भ्रष्टाचारको अभियोगमा अख्तियारले दायर गरी हाल सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका अभियुक्त हुन् । तत्कालीन कृषिमन्त्री पद्मसुन्दर लावती र सचिव -हाल गृहमन्त्री) दानबहादुर शाहीसहित स्थानीय मल एजेन्टका रूपमा उनलाई अख्तियारले ६ करोड ७२ लाख रुपैयाँ भ्रष्टाचारको अभियोग लगाएको थियो । नेमकिपाका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भई एमाले प्रवेश गरेका दैलेखका विनोदकुमार शाह केही वर्षदेखि स्वतन्त्र थिए । त्यसैगरी छक्कबहादुर लामा ०४८ सालको आम निर्वाचनमा संयुक्त जनमोर्चाबाट हुम्लाका निर्वाचित सांसद थिए । राजनीति छाडी उनी जडिबुटी व्यापार गर्दै थिए । मन्त्रिपरिषद्का अर्का नयाँ अनुहार गोल्चे सार्की हुन् जसले एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल पूरा गरी राजाको कदम स्वागत गर्दै पार्टी त्यागेका थिए । त्यसैगरी याङकिला शेर्पा र डा. रूपज्योति राष्ट्रिय सभाका मनोनीत सदस्य थिए । कानुन सुधारका आयोगका अध्यक्ष रहेका नीरञ्जन थापा पञ्चायतकालीन गृह राज्यमन्त्री हुन् । त्यसैगरी सलिममिया अन्सारीले एमाले त्यागिसकेका थिए भने प्रकाश कोइरालालाई राजाको कदमको स्वागत गरेपछि कांग्रेसले हटाएको थियो ।
Read Full Discussion Thread for this article