Posted by: Ok July 13, 2005
Bichara Shiva Shrestha...
Login in to Rate this Post:     0       ?        
ठीक छ, कालखण्डगत रूपमा समीक्षक अवार्डको लागि गीत-संगीतलाई बाहिर पारियो-पारियो, तर प्रतिस्पर्धाका रूपमा सम्मानित गर्नेमा पनि खासगरी गायक-गायिकाको हकमा जे जसरी नामांकन प्रस्तुत गरिएको छ, त्यो पटक्कै चित्त बुझाउन सकिने खालको छैन । राष्ट्रिय चलचित्र महोत्सव भनिने तर भारतीय गायिका साधना सरगम र उतैको नागरिक रहेका थुप्देन भुटियालाई नेसनल अवार्डका लागि छनोट गरिने, के यो न्यायसंगत हुन्छ ? भारतकै नागरिक हुँ भनेर दाबी गरेबापत नेसनल अवार्ड पाइसकेका उदितनारायण झालाई दुई-दुईवटा नामांकन दिनु यो कस्तो खालको नेसनल अवार्डको परिकल्पना हो ? यसबाट कस्तो खालको राष्ट्रिय सम्मानको परिपाटी बसाउन खोजिएको हो ? योगेश वैद्य महान् गायक हुनुहुन्छ, तर उहाँ पाश्र्वगायक हुनुहुन्छ कि हुनुहुन्न, छुट्याउने कसले ? प्रसंगवश यहाँ गायक-गायिकाको नाम लिनुपरेकोमा उहाँहरूको योग्यता र क्षमतामाथि प्रश्न उठाउन खोजिएको होइन, तर नेसनल अवार्डका लागि भने त्यसको सम्वेदनशीलतालाई गम्भीरतापूर्वक लिन जरुरी छ, मात्र त्यही प्रसंगमा उहाँहरूको नाम उठाइएको हो । यसो भन्दा आफू नामांकनमा नपरेर कुरा उठाएको पनि भनिएला, त्यसलाई पूर्णतः अस्वीकार गर्ने पक्षमा पनि म छैन । कसैले चाहेर होस् या नचाहेर, यही माटोमा उभिएर नेपाली चलचित्रको पाश्र्वगायनमा मैले पटक-पटक परीक्षा दिएर दर्शक श्रोताको मनमा खह्रो उत्रिएको छु । यसैपटक प्रतिस्पर्धामा रहेका गीतहरूको कुरा गर्दा पनि म उन्नाइस हुनुपर्ला जस्तो लाग्दैन । मैले केही मिलन कहीं विछोडका लागि देविका प्रधानसँगै गाएको युगल गीत देविका नामांकित हुँदा म नपर्नु, त्यो एउटा विडम्बना हो । महोत्सवले धेरै कलाकर्मीको चित्त दुखाएको छ, म पनि त्यो पंक्तिमा उभिन बाध्य छु । मलाई लाग्छ, सम्मानको भागिदार म नहुँला, तर अपमानको भागिदार बन्न मलाई मञ्जुर छैन । यस अर्थमा महोत्सव मेरोलागि चाड बन्न सकेन । - रामकृष्ण ढकाल गायक
Read Full Discussion Thread for this article