Posted by: Ok July 13, 2005
Bichara Shiva Shrestha...
Login in to Rate this Post:     0       ?        
Sorry ! It is little different with the ongoing discussion, however, related with the thread name--- now Ram Krishna Dhakal. I am posting a news from Kantipur. http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=45637 महोत्सव चाड बन्न सकेन मुलुकमा प्रथम राष्ट्रिय चलचित्र महोत्सव भइरहेको बेला अनेकौं कोणबाट यसको पक्ष र विपक्षमा नेपाली जनमत विभाजित भइरहेको स्थिति छ । तर जो यसलाई महान् चाडका रूपमा स्वीकारेर सफल बनाउन कृतसंकल्पित थिए, तिनीहरूको पनि चित्त दुखाउने काम भएको छ । दुई दशकदेखि पाश्र्वगायनमार्फत म चलचित्रको सांगीतिक फाँटमा संलग्न छु । संगीत अत्यन्त अप्ठेरोमा हुँदा पनि हामीले आफ्नो क्षेत्रबाट सकेको योगदान पुर्?याइरहेकै हौं । यही योगदानको मूल्यांकन गर्न महोत्सव आयोजना गरेको हुनुपर्छ । तर जति-जति आयोजनाका रहस्य खुल्दैछन्, त्यति नै यो सम्मानभन्दा पनि चर्चा र कतिपय अर्थमा अपमान गर्न आयोजना गरिएको हो कि भन्ने लाग्न थालेको छ । चलचित्र समीक्षक, हास्य कलाकार, मातृभाषामा चलचित्र निर्माण गर्नेहरू महोत्सवको विरोधमा खुलेरै लागेका छन् । पहिला लाग्थ्यो, उनीहरू मात्र राजनीतिक कारणले विरोध गरिरहेका छन्, तर अहिले यस्तो लाग्न थालेको छ, उनीहरूलाई यसको परिणामको आभाष पहिलै रहेछ । नेपाली चलचित्रलाई यहाँसम्म ल्याउन संगीतको अहम् भूमिका थियो र अहिले बनिरहेका चलचित्रको प्रवृत्ति हेर्दा त्यो भूमिका छिट्टै समाप्त होला जस्तो पनि लाग्दैन । तर कालखण्डगत रूपमा समीक्षक अवार्ड समावेश गरिँदा गीत-संगीतलाई बाहिर पारियो । त्यसबाट गीतकार, संगीतकार, गायक र गायिका गरी चार विधा बाहिर पारिए । यो भनेको नेपाली चलचित्रमा जीवन्त संगीत दिने स्व. नातिकाजी, शिवशंकर, अम्बर गुरुङ, गोपाल योञ्जन, रनजित गजमेर जस्ताहरूको अस्तित्व अस्वीकार गर्नु हो । त्यसैगरी माधव घिमिरे, किरण खरेल, चेतन कार्की लगायतका महान् गीतकार पनि नेसनल अवार्डबाट विमुख पारिए । स्वर्गवासी प्रकाश थापा सम्मानित हुँदा नेपाली चलचित्रका महानतम पाश्र्वगायक नारायणगोपाल र अरुणा लामा सम्मानित हुने लिष्टबाट बाहिर पारिनु पनि त युक्तिसंगत थिएन । त्यसैगरी तारादेवीजस्ता गायिका पनि अपमानित नै पारिए । के यो न्यायसंगत हो त ? आखिर नेपाली चलचित्रका यावत् विधालाई नेसनल अवार्ड दिने भनिएपछि प्राविधिक रूपमा सम्मान गरिन बनाइएको कालखण्डगत समीक्षक अवार्ड गीत-संगीत विधालाई दिएको भए बिग्रन्थ्यो के ? यसबाट के प्रस्ट हुन्छ भने आयोजनाले यी र यस्ता कैयौं संवेदनशील पक्षलाई पटक्कै पनि ध्यान दिएको छैन । नेपाली चलचित्र संगीतका महारथी शम्भुजित बासकोटा स्वयम् चलचित्र विकास बोर्डका अध्यक्ष भएको बेला आयोजना गरिएको महोत्सवमा गीत-संगीतलाई बाहिर पारिनु आफैंमा दुःखलाग्दो विषय हो । क्रमश:
Read Full Discussion Thread for this article