Posted by: dodhare July 13, 2005
Bichara Shiva Shrestha...
Login in to Rate this Post:     0       ?        
माथिको फोटो हेरेपछिको मेरो पहिलो प्रतिक्रिया थियो ? ल! ल! यानी, मैले शिव श्रेष्ठको ढोगाईलाई आफूसंग तुलना गरेर हेरें र म उनको ठाउंमा भएको भए त्यसरी ढोग्दैन थें। त्यसैले मेरो प्रतिक्रिया ? ल! ल! के ग-या होला। हामी मध्ये कसैको प्रतिक्रिया थियो - शिव श्रेष्ठले आफ्नै बा-आमालाई नि तेसरी ढोग्दैन, थुईक्क, राम्रै ग-यो, श्रद्धा ग-यो आदि ईत्यादि। फरक मान्छेका फरक हेराई। त्यसमाथि हामीले त्यो ढोगाईलाई कसैले आफूसंग तुलना ग-यौ, कसैले वर्तमान राजनैतिक परिवेशसंग तुलना ग-यौ त कसैले आफ्नो अटूट राजनैतिक विचार र आस्थासंग तुलना ग-यौ। त्यसैले आए भिन्न भिन्न प्रतिक्रिया। हाम्रो देशमा असहज स्थिति नभएको र राजा राजनैतिक बिवादमा नफसेका भए सायद हाम्रा प्रतिक्रियाहरु पनि फरक हुन्थे होलान। हामीले नै देखे भोगेका कुराहरु ? ०४६ सालमा बीरे चोर देश छोड भनेको र उनको हत्यापछि सयौको संख्याले शिर मुडेर शोक मनाएको। त्यो घटना वर्तमानमा घटेको भए ति शिर मुड्नेहरुले कति हप्की खान्थे होलान। त्यसैले, हामी घटनाहरु दांजेर प्रतिक्रिया जनाउछौ। सायद घटनाहरुसंग प्रतिक्रिया नजानाई आफूलाई सधै सन्तुलित राख्नेहरु पनि छन कि? दोश्रो कुरा जो मान्छे झुक्छ, म त्यसको प्रशंसा गर्छु। झुक्नु भनेको आफ्नो अहं तोड्नु हो। हुनत हामीलाई पूर्ण ज्ञान छैन कि साच्चै शिव श्रेष्ठ केही हासिल गर्ने लोभमा शक्तिका सामू झुकेका नै हुन सक्छन्। तर सबैसंग झुक्ने उनको स्वभाव हो भने उनीप्रति मेरो श्रद्धा बढेको छ।
Read Full Discussion Thread for this article