Posted by: Ok July 11, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
सप्तमीको दिन बिहान साथिहरुलाई "नाटक देखाउने ठाँउको तयारी गर्दै गर है!" भनेर म चाहीँ रामपुर गएँ। म मञ्जुको घर पुग्दा एउटा सानो झोला सहित मञ्जु त तयारी भएर बसेकी रहिछिन्। मञ्जुको ममीले "बाबु! मञ्जु छिट्टै हिड्न सक्तिनन्, बिस्तारै लैजाउ है। कहिले पनि मावलीघर र आफ्नो घर भन्दा बाहिर अन्त बसेकी छैनन् आजसम्म" भन्नुभो। घनश्याम सरले चाहीँ "अब केटाकेटी नै होलिन् नि तिम्री छोरी, बसिहाल्छिन् नि" भनेर "ल राम्ररी जाओ, अनि राम्ररी आओ है" भन्दै बिदा दिनु भो। मैले झोला बोकेँर "ल सर हामी जान्छौ, भोली बिहानै आउँछौ" भनेँ। मञ्जु अघि लागिन्, म मञ्जुको पछिपछि हिडे। घनश्यामसर र ममी दुबै बाहिरको खाटको छेउमै उभिएर हामीलाई हेरिरहनु भएको थियो। बाटा भरि के के-के के गफ भए। मेरो घर र नाटकको बारेमा नै धेरै गफ भए। सुरुमा त मञ्जु छिटै हिडिन् तर खोलो तरेर ऊकालो लागे पछि चाहिँ तेति हिड्न सकिनन्। भेटेका चौतारी र बिसौनिहरुमा केहि छिन् थकाई मार्दै देउराली पुगिउँ। साथीहरुले नाटकको लागि चित्रा, भकारी, र काठपात जम्मा पारेका रहेछन्। मेरो भाई पनि आएको रहेछ, साथीहरुसँग। "कान्छा, उ मञ्जु दिदीलाई लिएर घर जा। भरे ७ बजे तिर सबैजना सँगै आउनु है नाटक हेर्न। म चाहीँ यहाँ नाटकको काम गर्छु।" भनेर मञ्जुलाई भाईको साथ लगाएर घर पठाएँ। पहिले पहिलेका नाटकहरुमा सुरुमा राष्ट्रिय गीत गाउँने गरेको थियो, तर यसपालीको नाटकमा चाहीँ तलको गीत, जुन मेरो आमाको सहयोगमा मैले नै लेखेको, बाट सुरु गरेउँ। छोडेन बाबा, छोडेन आमा, खुर्पि र डोकोले, पाएन मौका, छोरीको ईँच्छा, पढ्नेको धोकोले। ढिकी र जाँतो, चुलो र चौका यी छोरी दुखिया, छोरालाई स्कुल छोरीलाई घाँस हुन्न है हे बुबा। छोरा र छोरी कै छैन फरक, भेदभाव नगरौ, छोरीलाई पनि स्कुल हाल्न लौ ढिलो नगरौ। नराख आमा, नराख बाबा छोरीलाई घरैमा, पढेर उनी, बन्छिन् नि ठूली, गाँउकै सेवामा। मिलेर गरौँ, मिलेर पढौँ, बाँडेर खाउँ है। छोरीलाई शिक्षा दिएर गाँउमा उज्ज्यालो छरौँ है। नाटकको काममा धेरैनै बेफूर्सदी भएर मञ्जु र आमाहरु काहाँ बसेर नाटक हेर्नु भयो भन्ने पनि सोच्न पाईन। बिचबिचमा केही गज्यांग गुजुंग बाहेक समग्रमा नाटक राम्रैसँग सकियो। यसपालीको नाटकले साँच्चैनै धेरै जनाको मन छोएछ। कति आमाहरु त नाटक चल्दा चल्दै पनि रोए रे। पहिले देखी नै नाटकको बारेमा गाँउमा अलि अलि हल्ला भाको थियो। गाऊँका हुनेखानेले नाटक भाँडिदिने हुन की भन्ने डर पनि थियो। तैपनि गाउँका दाईहरुले "हामी भाड्न दिँदैनौ, तिमेरू केटाकेटीको नाटकलाई किन कस्ले भाड्ने?" भनेर अलिक भरोसा दिएका थिए। भुकम्पको सहुलिएत सबै ठूलाठालुले मात्र लिएको बारे देखाईएको एउटा कमिक्स पछि त निकै नै होहल्ला भो, एकछिन त। शिबदुति प्रा.बि. का हेडसर पनि आउनु भाको रहेछ नाटक हेर्न। नाटक औधि मन परेकोले स्कुलको तर्फबाट रु २०० पुरुस्कार दिनु भो नाटक मण्डलीलाई। पछि नपुगेको पैसा तिहारमा द्यौसी खेलेर एउटा मईन्टोल किनिउँ गाँउको लागि, बिबाह, बर्तबन्ध र नाटकहरुमा काम चलाउन। साझाल्यान्ड, २७ असार, २०६२
Read Full Discussion Thread for this article