Posted by: Ok July 11, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
हे हे एलोनगाई२७ जी, भने पछि म नब्बेको दशक भरी पुल्चोक क्यामपस, लभ पार्क, पाटनढोकाको भट्टी र लोकहित भोजनालय, बैगलामुखि आदिलाई आफ्नै ससुराली घर जस्तै बनाउदा तपाईँ हुनुहुन्नथ्यो र पुल्चोकमा? मैले त तपाईँलाई देखे जस्तो लाग्छ। एएक्स जी चाहीँ कति बेलाको पर्नु भो नि? दादा दाई र भउते भाईले चाहिँ मञ्जुको खुब पीर लिएजस्तो छ नि। लिन त लिनु मेरो भन्दा धेर पीर चाहीँ नगर्नु है! मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १८ घटस्थापनाको दिन दशैँको छुट्टीमा आफ्नै घर गएँ। शुरुमा त नाटक सोझै गाँउका फटाहाहरुको बिरुद्दमा लेखेको थिएँ, तर पछि धेरै गाउँलेहरुले देखाएको डरले परिवर्तन गर्दै जाँदा छोरीलाई पढाउनु पर्छ भन्ने भावनामा केन्द्रित भयो। तैपनि अलिअलि घुमाउरो तरीकाले गाँउमा ठूलाबडाको ज्यादति पनि घुसाएँ। एउटा गरीब घरमा जन्मेकी केटीले आफ्नै घरको र समाजको अबरोधका बाबजुत पनि धेरै पढेर उनि सानो हुँदा गाउँका ठूलाठालु भनाउदाहरुले दिएको दु:खको बदला लिन सफल भएको, छोरीलाई पनि पढाउनु पर्छ भन्ने भावनाको र जमिन्दारहरुको पराजय पश्चात गाऊँमा खुसि छाएको कुरालाई "सत्यको विजय" नाम दिएँ। तर नाटकको कथाबस्तु सुनेर गाऊँका उमेर पुगेकाहरु कसैले पनि खेल्न मानेनन्। "के हामी ओखल्ढुंगा गएर ठानामा थुनिनु छ र?" भन्दै सबै तर्के। शुरुमा त मेरो आमाले पनि "त्यस्तो नाटक देखाएर यी गाँउका साहुमाहाजनको आँखाको तारो बन्नु हुन्न छोरा" भन्नुभो तर पछि मैले "कति यिनीहरुको थिचोमिचोमा मात्र बस्ने आमा? फेरी मेरो उमेर पनि त पुगेको छैन नि झ्यालखानामा लगेर थुन्नलाई" भने पछि "हुन त हो" भनेर सामान्य स्विकृति दिनु भो। हामी १४ बर्ष मुनिका केटाकेटीमात्र भएर नाटक खेल्ने कुरा भो। सबैले त्यस्तै सल्लाह दिए। पहिला पहिलाका नाटकहरुमा केटा मान्छे र केटी मान्छे सँगै नाटक खेल्नु हुन्न भन्ने थियो। केटा नै केटी बनेर खेल्ने गरेको थियो। तर हामी सबै कलाकार केटाकेटी नै भकोले केहि पनि हुन्न भन्ने ठानेर ताराले छोरीको रोल खेलि। मैले चाहिँ कुनै पाठ खेलिन। सबैलाई सिकाउने, तालिम दिने र नाटकको ब्यबस्थापनको काम मात्र गरेँ मैले। ६ भागको नाटक, ३ वटा गीत र ३ बटा ब्यांग्यात्म कमिक्स गरेर गरिब २ घन्टाको नाटकको तयारी भयो। मञ्जु पनि नाटक हेर्न आउने र एक रात हाम्रै घरमा बस्ने कुरा गरेँ आमासँग। मञ्जुको बानीब्यहोराको बारेमा त मैले आमालाई पहिले नै हुबहु बेलिबिस्तार लगाईसकेको थिएँ। "आमा, त्यो दिनलाई मात्र भने पनि कतैबाट अलिकति चामल पैँचो मागेर ल्याउनु है, मञ्जुलाई खिर पकाएर ख्बाउनु पर्छ"। मेरो बोली भुईँमा खस्न नपाउँदै आमाले "ए भैहाल्छ नि! नत्र तेहि दशैँको टीकालाई भनेर राखेका ३ माना चामालबाट ५ मुठ्ठी जति झिकेर उनको लागि पकाउँला, बाकीँले दशैँको गर्जो टारौँला। यसपाली त बज्यै पनि छैनन्, धेरै पाउनाहरु त आउँदैनन् होला" भनेर मलाई ढुक्क बनाईदिनु भो। सप्तमीको दिन बेलुका चाहिँ पछौटे मकै पोल्ने, बर्खे आलु उसिन्ने, काँक्राको आलो अचार बनाएर ख्बाउने अनि अष्टमीको दिन बिहान चाहीँ खिर पकाएर ख्बाउने भनेर योजना बनायौ। क्रमश:
Read Full Discussion Thread for this article