Posted by: Nepe July 11, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
ViVji, उ.मा.शि.प. को निर्णयहरु भद्रगोल रहेछन्, त्यसैले मेरो असहमति । *** *** *** अनिलजी, मेरो अहिलेसम्मको बहस नेपाली भाषावादीहरुले प्रस्तुत गरेका तर्कहरुको खण्डनमा मात्र सिमित रहेको छ । मेरो आफ्नो तर्फको तर्कहरु प्रस्तुत गर्ने त अवसरै पाएको छुईन बाबा । अन्य केहि मित्रहरुले जस्तै तपाईले पनि मेरो बहसबारे गरिदिनुभएको assumptions सहि नभएकोले त्यसको खण्डन मात्र गर्न हाजिर छु अहिले । तपाईले लेख्नुभो: एकीकरण पश्चात, र बिषेश गरी राणाकालिन 'मुलुकी ऐन' को शुरुवात पछि, अनि धेरै हद सम्म पञ्चायती प्रथाले पनि, जुन तरीकाले खस (नेपाली) भाषालाई प्राथमिकता दिई अन्य जन जातिय भाषाहरुको थिचोमिचो गरियो, त्यो अन्यायलाई औंल्याउने नेपे-जीको प्रयास मुनासिब हो। अहँ, मैले न त त्यस्तो कुरा कतै औंल्याएको छु, न त मेरो बहस नै त्यो दिशामा छ । वास्तवमा मेरो बहस त्यसको ठ्याक्कै उल्टो दिशामा अर्थात भाषालाई राजनीति भन्दा माथि उक्लेर हेर्नुतिर छ । विस्तृत कुरा अलिक फुर्सदमा गरम्ला ।
Read Full Discussion Thread for this article