Posted by: deletedUser** July 11, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
एकीकरण पश्चात, र बिषेश गरी राणाकालिन ?मुलुकी ऐन? को शुरुवात पछि, अनि धेरै हद सम्म पञ्चायती प्रथाले पनि, जुन तरीकाले खस (नेपाली) भाषालाई प्राथमिकता दिई अन्य जन जातिय भाषाहरुको थिचोमिचो गरियो, त्यो अन्यायलाई औंल्याउने नेपे-जीको प्रयास मुनासिब हो। यही हिसाबमा विभिन्न दमनात्मक शासकहरु द्वारा आफ्नै आधिकारिक स्वार्थ पूर्तिका निम्ति एक धर्म (हिन्दु), एक भेष (मयल पोश/ढाका टोपी), ईत्यादिको प्रणाली बसाउने सफल प्रयास पनि समालोचनात्मक नभए बिवादास्पद जरुर छ। मेरो बिचारमा धर्म र भेषका नाममा गरिएका ऐतिहासिक गल्तीहरु सजिलैसंग सुल्झाउन सकिन्छ, र सुल्झाउन पनि पर्छ ? हिन्दु धर्म र मयल पोशलाई ??साझा? नेपाली चिनारी? को सूचीबाट हटाईदेऊ! तर, नेपाली भाषाको कुरो अर्कै। विभिन्न जन जातिय भाषाहरु प्रति गरिएको अन्यायलाई सुल्झाउन नेपाली हटाउनु भन्दा अरु भाषाहरुलाई बढ्दो प्राथमिकता दिएर उनिहरुलाई पनि ?नेपाली चिनारी? मा महत्त्वपूर्ण स्थान ओगट्न दिए बेश होला। अब, राष्ट्रियता कै कुरा गर्ने हो भने, राष्ट्रिय एकताको नाममा ?एउटै भाषा, एउटै भेष? को बहस प्रति मेरो रत्तिभर समर्थन छैन ? बिभिन्न भाषा र बिभिन्न भेषको सही आदर र ग्रहण गर्न सक्नु नै राष्ट्रिय एकताको सबभन्दा बलियो र निर्भर योग्य स्रोत हुन्छ जस्तो मलाई लाग्छ। तर, छुट्टै बहसको बिचार गर्ने हो भने, अहिलेको यथावत वास्तविकतामा नेपाली भाषाले आम नेपालीको एक गहिरो चिनारीको रुप लिएको मात्र नभई, मुख्यतया यसले सारा नेपालीको साझा साञ्चारिक माध्यमको एक महत्त्वपूर्ण भूमिका खेलेको छ। यस स्वीकार योग्य तथ्यलाई मध्यनजर राखेर नेपाली पढाउने नै निर्णय गर्ने हो भने, नेपाली भाषालाई ११ त के, १२ कक्षा (नयाँ उच्च माध्यमिकको स्तरको हिसाबले) सम्मै अनिवार्य गराईनु पर्छ। नेपाली र अँग्रेजी दुबैलाई राम्ररी पढ्न र लेख्?न सिकाईनुपर्छ, उच्च माध्यमिकको स्तर सम्म। कलेज पसेपछि भने, ऐछिक गराईंदा पनि फरक नपर्ला। अब कुरो उठ्यो, बिध्यार्थीहरु अकसर गरेर नेपालीमा फेल हुने तथ्यको। त्यस्तै कुरा गर्ने हो भने, मेरो शंकामा अधिकांश असफल निस्कने नेपाली बिध्यार्थीहरु नेपालीमा भन्दा अँग्रेजी मै फेल हुन्छन् होला। भूल भए सच्च्याई पाऊँ। तर कुरो के भने, कुनै पनि बिषयमा बिध्यार्थीहरुले राम्रो गर्न सकेनन् भन्ने निहूँमा उक्त बिषयलाई पाठ्यतालिकाबाट मिल्काईने हो भने त, कसले भन्न सक्छ, भोलि आएर विज्ञान, गणित, ईत्यादिको पनि सोहि नतिजा नहोला? त्यसैले, चाहे जस्तो नतिजा नल्याउने, तर पाठ्यकालमा जरुरी ठहरिएको, बिषयलाई मिल्काउनु भन्दा, पढाईने तरीका सुधारेर हुन्छ कि, वा पढाईने वस्तु बदलेर हुन्छ कि, वा कुन अरु तरीकाले बिषय वस्तुलाई रोचक एवम् आकर्षित बनाउन सकिन्छ भन्ने कुरातिर ध्यान दिईनुपर्छ।
Read Full Discussion Thread for this article