Posted by: Tmobile July 10, 2005
Its an endless love story
Login in to Rate this Post:     0       ?        
True love still exists! काठमाडौं, असार २५ - एक नवविवाहित जोडीले शनिबार बिहान chobharस्थित झोलुंगे पुलबाट हाम फालेर आत्महत्या गरेका छन् । घरबाट भागेर प्रेम विवाह गरेको तीन दिन नबित्दै कीर्तिपुर-१४ का २२ वषर्ीय डिकेश महर्जन र २१ वर्षीया अनिता महर्जनले बिहान ५ बजे चोभारको झोलुंगे पुलबाट हाम फालेका थिए । पुलबाट ३० मिटरमुनि वाग्मती दोभानको ढुंगामा उनीहरू बजारिएका थिए । घाइते अवस्थामा केटीले गुहार गरेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । कीर्तिपुर प्रहरी निरीक्षक रमेशकुमार गौतमका अनुसार खुट्टा लुलो भएका डिकेश र अनितालाई जीवित अवस्थामा उद्धार गरी एम्बुलेन्सबाट स्थानीय बासिन्दाको सहयोगमा बिहान ६ बजे वीर अस्पताल पुर्?याइएको थियो । उपचार हुँदाहुँदै ७ बजे अनिताको र एक घन्टापछि डिकेशको मृत्यु भएको थियो । परिवारले उनीहरूको विवाह स्वीकार नगरेपछि दुवैले आत्महत्या गरेको प्रहरीकोे अनुमान छ । मर्ने युवक र युवतीका अभिभावक डकर्मी काम गर्छन् । युवतीका पिता जोगिता महर्जनले बिहीबारदेखि बेपत्ता छोरीको खोजी गरिरहेका थिए ।
Read Full Discussion Thread for this article