Posted by: Bhaute July 9, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
शिरिष जी, यो चाहिँ तपाई प्रति समर्पित :) नेपेजी अरु कुरा छाडेर मुख्य नियम पालन भो कि भएन यहाँ, हेर्दिनु भे आभारि हुन्थेँ म। "भउतेको गजल-२" कात्रो भनि घृणा नगर म त पवित्र वस्त्र हुँ बिष्टा मै उम्रेँ, घाँसै सही, तर तुलसीपत्र हुँ म हुँ नरिवल, तिमी बाँदर भए त के लाग्यो युद्ध हैन शान्ति बहाल गराउने म अस्त्र हुँ साह्रो ढुँगा हुँ त के भो आखिर म हुँ शालिग्राम चिने अमृत मै हुँ नचिने तातो अलकत्र हुँ बसे चौतारी यहि नै हो, नबसे ढिस्को केवल शित्तल होइन घाम-पानी छेक्ने सानो छत्र हुँ मात्रा उनै, शब्द अनेक, केवल रोजाइ तिम्रो अभिशाप होइन म विशुद्ध गायत्री मन्त्र हुँ :) -भउते
Read Full Discussion Thread for this article