Posted by: shirish July 8, 2005
another Ghazal-
Login in to Rate this Post:     0       ?        
Bhaute this one is dedicated to you. गजल शिरिष मनै ध्बस्त भए पछि आँखामा के दोष थुपार्नु अनेक ? छायाका चीराहरु टाल्दैमा, ज्यानलाई के हुन्थ्यो बिसेक ? म सित बिद्रोह गर्दै भाबनाले रंगै चिन्न छाडी दियो, हिजो खुशीमा सिर्जेको चित्र आज उजाड, देख्तै उदेक ! संगीत पो हो कि या कोलाहल, छुट्टिएन आबाज कुनै, ठोक्किनु पर्ने तरंगहरु, झिल्लीमा अल्झि दिदा प्रत्येक ! आफै भित्रको पशु चराएर थाक्दै थाकिन म कहिल्यै, अब घाँसको संगत गर्दैमा के नै फर्केला र बिबेक ? न गर्मीले पोल्यो, न जाडोले छोयो, न भेउ ॠतुहरुको, बदले अरु पात्रोका पन्नासंगै, स्तब्ध ?शिरिष? बाहेक ! बष्टन ०७/०८/०५ "numb" ko exact nepali word nabhetera स्तब्ध lekya More on the way !
Read Full Discussion Thread for this article