Posted by: shirish July 8, 2005
Ghazal time: Shirish
Login in to Rate this Post:     0       ?        
गजल - shirish मनै ध्बस्त भए पछि आँखामा के दोष थुपार्नु अनेक ? 20 छायाका चीराहरु टाल्दैमा, ज्यानलाई के हुन्थ्यो बिसेक ? 20 म सित बिद्रोह गर्दै भाबनाले रंगै चिन्न छाडी दियो, 20 हिजो खुशीमा सिर्जेको चित्र आज उजाड, देख्तै उदेक ! 20 संगीत पो हो कि या कोलाहल, छुट्टिएन आबाज कुनै, 20 ठोक्किनु पर्ने तरंगहरु, झिल्लीमा अल्झि दिदा प्रत्येक ! 20 आफै भित्रको पशु चराएर थाक्दै थाकिन म कहिल्यै, 20 अब घाँसको संगत गर्दैमा के नै फर्केला र बिबेक ?20 न गर्मीले पोल्यो, न जाडोले छोयो, न भेउ ॠतुहरुको, 20 बदले अरु पात्रोका पन्नासंगै, स्तब्ध ?शिरिष? बाहेक ! 20 बष्टन ०७/०८/०५ I did finish this still i may add one more sher. Bhaute what did you mean?
Read Full Discussion Thread for this article