Posted by: shirish July 8, 2005
Login in to Rate this Post:
0
?
गजल
- शिरिष
कोलाहल, दिनको होस या रात मध्यको सुनसान !
साथी भाई, थाकेन कहिल्यै, गाएर आफ्नै गुनगान !
जिन्दगीको समय, शान्ति छाऊन चाहि छोटो छ रे !
फुर्सद तर, निंहु खोजी, लडाई गर्न सांझ-बिहान !
किर्तीमान न सहि, कर्मको आलेख, प्रमाण खै कहां ?
दर्ज्यानी तक्माले, छाति भ-यो, आफ्नै खातिर स-सम्मान !
मानोस् , नमानोस् कसैले, आफै सबैको जजमान,
सिङै नभा?को ?तिखे?को फूर्ती देख्दा म आजित हैरान !
को भन्दा को कम् छन् र ? सबैको गोरुको बारै टक्का,
सबैको डम्फु उतिकै चर्को, को कस्को सुन्छ भगबान ?
आफ्नोमा भैंसी नदेख्ने, अरुको जुम्रा देख्छ yo ?शिरिष?
ईन्द्र सित स्वर्गको, घाम सित दियोको गर्छ बखान !