Posted by: Nepe July 7, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
मेरो trick को अर्को उदाहरण, तात्तातो गजलबाट:
पहिलो शेर:
केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट
'पाकेर/थापेर' को काफिया हो 'एर' । अब म अरु शेरहरुमा 'एर' मा टुङ्गिने कुनै पनि शब्द काफियाको रुपमा राख्न सक्छु । 'पा' र 'था' मा पनि common sound 'आ' छ, तर त्यो first variable letter 'के' र 'पे' को पछाडि नभई अगाडि भएकोले गणना हुँदैन ।
नियमले गणना गर्न नपर्ने भए पनि मैले चाहि गणना गरेको स्वाङ पारिदिएको छु, अरु शेरहरुमा काफिया राख्दा । 'थाकेर', 'भाँकेर', 'ताकेर' मा पछाडिपट्टि 'एर' मात्र होईन अगाडिपट्टिको 'आ' पनि छ । 'एर' अनिवार्य थियो, तर 'आ' अनिवार्य थिएन । मैले त्यो 'आ' त सित्तैमा थप मजाको लागि राखिदिएको ।
यदि मैले पहिलो शेरमै 'पाकेर/ताकेर' को जोडी राखिदिएको भए काफिया हुन्थ्यो 'आकेर' । अनि 'आकेर' मा टुङ्गिने शब्दहरु धेरै नभेटिएर बबाल हुन्थ्यो ।
त्यसैले मैले कता हो माथि भनेको छु नि, पहिलो शेरमा अधिकतम अनुप्रासको लालच नगर्ने हो काफिया मिलेको गजल लेख्न गाह्रो हुँदैन ।
सिकारुहरुले गर्ने गल्ती नै त्यही हो, शुरुमै अधिकतम अनुप्रास खोज्छन्, पछि काफिया नमिलेको शेर राखेर बर्बाद ।
केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट
मानौं हाँगालाई नै थामेर बसेको भ्रममा थिए
हेर्दाहेर्दै केहि चमेरा थाकेर झरे रुखबाट
केवल बलिष्ट पञ्जाहरु पर्याप्त छैन जङ्गलमा
केहि बाँदरहरु हाँगा भाँचेर झरे रुखबाट
भुर्र उडेर भाग्नु चराको नियति नै थियो, के भो ?
आज चराहरु गुलेली ताकेर झरे रुखबाट