Posted by: shirish July 7, 2005
Ghazal time: Shirish
Login in to Rate this Post:     0       ?        
"'सुत्छन्' र 'चुम्छन्' मा पहिलो शेरले तय गरेको अनुप्रास छैन, त्यसैले यो अस्विकार्य छ । " नेपे गुरु पथ प्रदर्शन को लागि आभारी छु । शिकारु हुनाले पहिले यस्सो कतिसम्म अनुप्रास हुनु पर्छ भनेर अलि अनुसन्धान गरेकै थिए । जे होस् मिलाऊन सकिए त बेसै हुन्थ्यो...तर अलि अलि स्बतन्र्ता त चाहियो नभए कसरि चल्छ ? 'सुत्छन्' र 'चुम्छन्' Pani ta aakhir "a" nai huncha. तपाई लगाएतका अरु ख्यातिप्राप्तहरुका ऊदाहरण हेरौ...अन्यथा नसम्झनु होला.. www.nepalikavita.com some of them are from utkrista ghazals. मनु ब्राजाकी जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ । म देखि जति टाडा जति दु.खी भए पनि अन्तत: हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ । प्रकाश होस दिनको अथवा रातको अन्धकार जुन, तारा सूर्य उदाउने त्यो एउटै आकाश हुन्छ । डा. दीपक खडका शायद त्रस्त छु म र त सशस्त्र छु म परन्तु त्रि्रो सामु, जे छु, प्रष्ट छु म थियो पराजयको डर, अब मुक्त छु मेरो अजेय अश्त्र हो, निःशस्त्र छु म न आउँदैन यो क्षण, चिनीहाल मलाई यो क्षण नग्न, निर्लज्ज औ निर्वस्त्र छु म यो पनि, त्यो पनि र उ त्यो पनि म मैले भनी हालेँ नि, छरपष्ट छु म विजय-सभामा म नभेटिन सक्छु प्रकृतिल नै परास्तपरस्त छु म स्वप्नलोकको दीर्घ निर्वासन पश्चात विपना जँचेन र स्वप्नप्रस्थ छु म तिम्रो झन्वेषण ल म छोट्याइदिन्छु- ल भ्रष्ट थिएँ, भ्रष्टै रहेँ, भ्रष्ट छु म संक्षेप-दण्ड दिनुहोस् है, न्यायमूर्ति अचेल द्रुतगतिमा अभ्यस्त छु म ल हेर, जन लेनन, म जीवन बाँचेको योजना बनाउदै वर्षौंँ ब्यस्त छु म हाम्रो प्रेमको दर्ीघजीवनको रहस्य अस्पष्ट छिन् उनी अनि अस्पष्ट छु म मेरो भूगोल नसोध, इतिहास नसोध जिल्ला जिल्ला किल्लाका किल्ला ध्वस्त छु म नआऊ दीपक बालेर, नआऊ मेरो छेउ एक विष्फोटक, संक्रामक रोगले ग्रस्त छु म मनोज न्यौपाने खस्न थाले जब ताराहरु नभका अँध्यारोको मुटुसँगै रात हल्लियो सत्यलाई सजिलै चबाउँछु भन्थ्यौ चबाउन नथाल्दै किन दाँत हल्लियो कतिपल्ट तिमीले झुक्यायौ सम्झ त ! सोच किन हाम्रो प्यारो साथ हल्लियो कृसु क्षेत्री हुन त तिमीसँग एकरात माँगेको हुँ एकै रातमा जिन्दगीभरको साथ माँगेको हुँ Here is a very ideal one: चले तो कट हि जायेगें सफर आहिस्ता आहिस्ता 18 हम तेरे पास आयेथे मगर आहिस्ता आहिस्ता 18
Read Full Discussion Thread for this article