Posted by: Nepe July 6, 2005
Login in to Rate this Post:
0
?
भउते भाई, एक नजर यी उत्कृष्ट नेपाली गजलहरुमा लगाम, गजलका नियम, अपवाद, शैलि, विषय यावत् कुराको केहि न केहि भेउ पाउनुहुनेछ ।
- http://www.nepalikavita.com/contents.php?files=utkrista-gajal
गजलमा ध्यान दिनुपर्ने मुख्य तीन कुरा :
१. छन्द/मात्रा ('बहर', meter)
उर्दु गजलहरु छन्दमा लेखिन्छन् । उर्दु गजलमा प्रयुक्त हुने छन्दहरु संस्कृतका छन्दहरुजस्तै हुन्छन्, तर सेख्खै उदार पनि छन् । तर त्यतातिर नजाम् किनभने गैरउर्दु भाषाका गजलहरु छन्दमा लेखिएका छैनन । छन्दमा नलेखे पनि छन्दको छनक चै दिने चलन छ । प्रचलन अनुसार, शेरहरुका सबै पँक्तिहरुका अक्षर-संख्या (मात्रा) बराबर हुनु पर्छ । लेख्दा र बोल्दा दुबै बेला हुने आधा अक्षरहरुलाई गनिदैन । तर लेख्दा सिङ्गै, बोल्दा भने आधा हुने अक्षरहरुलाई गन्ने नगन्ने कुरामा एकमत/एकरुपता देखिदैन । मेरो विचारमा त्यस्तो अक्षरलाई गन्नु राम्रो । यसको व्याख्या पछि गरम्ला ।
२. एकानुप्रास ('काफिया', rhyme)
सिकारु गजलकारहरुले सबभन्दा बढी गल्ती गर्ने ठाउँ यहि हो । तपाई र शिरिषजीको पछिल्लो शेरहरुमा राता अक्षरका शब्दहरुले 'काफिया' को प्रतिनिधित्व गर्छन् । एउटा गजलमा 'काफिया' के हुने हो भनेर तय गर्ने काम त्यसको आरम्भिक शेर ('मतला', opening couplet) ले गर्छ ।
शिरिषको 'मतला' को अन्तिम शब्दहरु हेरौं
हुन्छन् एक्लै बाँच्नेहरु
बुन्छन् एक्लै बाँच्नेहरु
यहाँ काफिया भयो 'ुन्छन् । त्यसैले अब अन्य शेरहरुको दोश्रो पँक्तिमा (पहिलो पँक्तिमा अनुप्रास राख्न पर्दैन) "चुन्छन्", "सुन्छन्", "धुन्छन्" मात्र स्विकार्य हुन्छ । 'सुत्छन्' र 'चुम्छन्' मा पहिलो शेरले तय गरेको अनुप्रास छैन, त्यसैले यो अस्विकार्य छ ।
३. पुनरावृतांश ('रदिफ', refrain)
माथिको गजलमा 'एक्लै बाँच्नेहरु' ले 'रदिफ' को प्रतिनिधित्व गर्छन् । 'रदिफ' अनिवार्य चाहि होईन । रदिफ बिनाको गजललाई 'गैर-मुरद्दफ' गजल भनिन्छ ।
अहिलेलाई यत्ति नै । तर म पनि सिकारु नै हो है ।