Posted by: Nepe July 6, 2005
Login in to Rate this Post:
0
?
ओकेजी,
दुर्बोध कविता कहिल्यै नलेख्ने भिष्मप्रतिज्ञा गरेर बसेको म यो गजलमा आएर फसें कि क्या । न्यूटन महाशयको टाउकोमा ट्वाक्क स्याउ खस्दा उनलाई गुरुत्वाकर्षणको अवधारणा फुरे भाँति मलाई पनि कलेजको गोरेटोमा हिंड्दा हिड्दै एउटा चराको गुहु फ्यात्त टाउकामा झर्दा फुरेको यो कविताले मेरो जात फाल्ने भो कि क्या हो ।
'पाकेका फल', 'चिचिला फल', 'चमेरा', 'बाँदर' जस्ता विम्बहरु हाम्रा समसामयिक ईतिहासका कुन पात्रविशेषका लागि होलान् भन्ने अडकलाजी गर्दा ठ्याक्क मिलान हुने पात्रहरु नभेट्दा यो कविता दुर्बोध हुन पुगेको होला भन्ने मेरो अडकलबाजी छ ।
तर मैले भने यी विम्बहरु पात्रविशेषको लागि कम र चरित्रविशेषको लागि अधिक चाहेको हुँ । अर्थात एकै चरित्र भिन्न भिन्न पात्रमा र एकै पात्रमा भिन्न भिन्न चरित्र हुन सक्ने यथार्थवादको आँखाले हेरेमा यो कविता अधिक बोधगम्य होला भन्ने लाग्छ मलाई ।
अनि बिर्सन नहुने कुरा के छ भने बिम्वविधानको तात्पर्य नै पाठकहरुलाई अनुवादका अधिक स्वतन्त्रता र असिम सम्भावनाहरु दिनु हो । कविताको बल भने पनि कमजोरी भने पनि त्यहि हो ।
उदाहरणार्थ, मेरो पहिलो शेरको यस्ता असिम वैकल्पिक अनुवादहरु मध्ये एउटा यसो हुन सक्ला,
केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
(पेन्सन पकाएका जागिरे/लाहुरेको जिवन्तताको अक्सर अन्त्य)
केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट
(हृदयहिन पुँजीवादले के सम्म गराउन सक्छ भन्ने कुरा)
ईत्यादि, ईत्यादि