Posted by: Nepe July 5, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
दुई गाँज पनि रोपिनसकेको मेलो भएतापनि दम्तरीहरु आएर कान्लामा थपक्क बसेर असारे हाल्दिनु भो, मलाई कति हर्क । लु शिरिषले पनि उ त्यताड मेलो ल्याम्नु भो, चिटिक्क छ ल । भउते भाई, तपाई ख्याल मीठो कथा हाल्नु हुन्न, त्यसमा पनि तपाईको वाक्यहरुको बान्की देख्दा त यो मान्छे कुनै सिद्ध हुनुपर्छ हौ जस्तो लाग्ने । एकबाजी गजललाई चपक्क समात्नु, सात जनम त्यसले तपाईलाई छोडिछे भने मार्दिनु । यत्ति हो, गजलको प्रसुति पूर्ण हुने ठेगानै हुदैन र यसको प्रसव-वेदना पनि आफ्नै किसिमको हुन्छ । मेरा कुनै गजलहरु २० औं वर्ष भईसके पुरा हुन सक्या छैनन् । महिनौं नलाग्या त शायदै होलान् । गजललाई धेरै समय लाग्ने कारण यसको अनुप्रास-मात्रादि को कठोर नियमले दिलाउने न्यूनतम स्वतन्त्रता नै हो । तर यसो भनेर गजलसंग हच्कि हाल्न पर्दैन । अनुप्रासको स्थान र वाक्यांशहरुको छनौट गर्दा, अधिकतम अनुप्रासबाट आउने मीठासको लालच नगरी, न्यूनतम अनुप्रासमै सन्तुष्ट हुने हो भने खास्सै कठीन हुँदैन । न्यूयुजरजी, आमपाठकहरुको लागि समसामयिक सन्दर्भहरु जति अधिक विशिष्ट उत्रिन्छ कवितामा त्यो त्यति नै द्रुतताका साथ तिनीहरुको जिब्रोमा झुण्डिन पुग्छ । त्यसै गरी सार्वभौमिक, सार्वकालिक कथाहरु पनि पाठकहरुले छिट्टै टिप्छन् । बिचका कथाहरु, न सार्वकालिक न समसामयिक वालाहरु, चैं न घाटका न जिब्रोका हुन्छन् शायद । मेरो पहिलो शेर कतै त्यस्तै त भएन भन्या ? अरु शेर थप्दै गएपछि अलिक स्पष्ट आकार लेला त्यस्ले । हुन त गजल परम्परा/नियमले नै बहुकविता हो । हरेक शेर एक स्वतन्त्र (अनुप्रास बाहेक) र पूर्ण कविता हो । त्यसो हुँदा एक शेरले आर्को शेरलाई कमै मद्दत गर्छन् । तर पनि अक्सर शेरहरुले सामुहिक रुपमा एउटा distinct atmosphere को निर्माण गर्न पुग्छन् र त्यो माहोलमा हरेक शेरहरुले अभिव्यक्तिको थप आयाम भेट्छन् । हेर्दै जाम कस्तो माहोल बनाउलान् आगामी शेरहरुले ।
Read Full Discussion Thread for this article