Posted by: Ok July 3, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
**** हामी पनि जान्थेउँ रातिको हाट भर्न भनेर तल गैरी खेतमा। अहिलेको जस्तो सुरक्षाकर्मी र माओवादी भनाउदाहरुले दु:ख दिँदैनथे तेसबेला। यि दुबैथरी जनताका गाँउघरतिर पाईला नटेक्ने हो भने त अहिले पनि केहि डर हुन्नथ्यो होला नि। एकथरी मात्रै भएपनि बरु अलिक सजीलै हुन्थ्यो कि। नाम चाहिँ सुरक्षाकर्मी रे काम चाहिँ हत्या र आतँक। नाम चाहिँ कम्युनिष्ट रे, काम चाहिँ गरीब जनतालाई ढाल बनाउने। लड्न त लडुन, हामी जनताको के टाउको दुखाई । तर बस्तीहरुबाट टाढै बसेर लड्नु नि। तातो न छारो, जहिले पनि डरमै बस्नु पर्ने। *** मोलुङ खोलाको छेउमा हाट लाग्थ्यो दशैंको टीकाका दिन, तिहारमा भाई टीकाका दिन र माघे संग्रान्तिका दिन। तर त्यो हाटको बिशेषता दिउसोको हाटको भन्दा बेग्लै नि फेरी। तरुना तन्देरीहरु रातभरी अँगालो हालेर गीत गाउने, कोदोको रक्सी खाने, रातभरी नाच्ने, पिँङ खेल्ने। यसो झकाउन मन लागे, केटीहरूका बिचमा पसेर लुसुक्क सुत्ने । केटाहरुको बिचमा मात्र बसो भने त सिरेटोले टिक्नै नदिने। केटीहरूसँग चाहिँ बाक्ला ओढ्ने हुनेहुँदा न्यानो हुने। त्याँमाथि केटीहरु तेसै पनि ताता। सत्य भनेको मैले, दिउसो र समाजको अगाडि चाहिँ केटीहरूसँग नजीक पासो जानलाई हिच्किचाए पनि त्यो रातीको हाटमा चाहिँ हामी "सरू र सरला" जस्तो परालको बार चाहीँ लगाम्दैनथेम। तेहाँ जात भात को पनि कुनै पर्बाह हुन्नथ्यो। कस्ता राम्रा केटीहरू थिए, जात चाहिँ कमिनी रे। आफूचाहीँ बाहुन परियो। तर पनि मन नै थाम्न नसक्ने के। हामी बाहुन जति मिलेर कोड भाषा देका थेम "पण्डितनीहरू" भनेर ति कमिनीहरुलाई। "ए आज कान्छी पण्डितनी पनि जाने रे के हाटमा जाउँ है साथि हो, भने पछि तरुना जति सप्पै बाटो लाग्थे। कस्ता मीठामीठा गीत गाउँथे तिनेरूले। बाकीँ सरुको अर्को भाग पछि। ------ ओके
Read Full Discussion Thread for this article