Posted by: Nepe July 3, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
दादाज्यू, क्षमा चाहुँला, किन्तु तपाईले मेरो बहस अझै बुझिदिनु भएन । मेरो बहस हो- दश वर्षे अनिवार्य नेपालीको स्कूले पाठ्यक्रम पर्याप्त छ विद्यार्थीहरुलाई नेपाली भाषाको व्यावहारिक प्रविणता दिलाउन । एघारौं वर्ष र त्यस उँभो त पेशागत विषय र त्यसलाई उपयोगी हुने विषयमा सम्पूर्ण समय लगाउनु नै विद्यार्थीको तत्कालिन र मुलुकको दीर्घकालिन हितमा छ । अब तपाईले हाल्नु भएको केही inaccurate कुराहरु: राष्ट्रभाषालाई गलहत्ताएर फालेपछि क्षेत्रीय र जातीय भाषा भाषीहरुको उद्दार हुन्छ भनेर पुष्टि गर्न सक्नु हुन्छ्? मैले क्षेत्रीय र जातीय भाषाहरुको उद्दार गर्ने कुरो गरेकै छैन । त्यो विषय अलक्क छ । मैले भाषाको होईन मान्छेहरुको कुरा ग-या हो । गैर-नेपाली भाषी मान्छेहरुले दश कक्षासम्म खुरुखुरु नेपाली पढिदिएर राष्ट्रभाषाको जगेर्नामा मद्दत पु-याएको कुरालाई कम नआकौं, भन्या तेत्ती हो । आज बिष्वका सबै देशहरुमा आफ्नै भाषामा अध्ययन गराउन पहल भइरहेको सन्दर्भमा. . पहिलो त, "सबै देशहरुमा" र "पहल भईरहेको" कुरा सोह्रै आना सही होईनन् । दोश्रो, माध्यमको लागि भाषा र भाषाको लागि भाषा छुट्टाछुट्टै बहस हुन् । यहाँ भईरहेको बहस पछिल्लो बहस हो । अघिल्लो बहस अर्थात् उच्च शिक्षाको माध्यम नेपाली बनाउने कुरो कता हो कताको कुरो । त्यस्तो कलेजमा दादाले आफ्नो छोच्छोरीलाई भर्ना गरेछ रे भने कान काटेर फाल्दिन्छु । अब अन्त्यमा, अ.ने.सा.स. जस्ता नेपाली भाषा र साहित्यप्रति समर्पित संस्थाहरुको भाषाप्रेम र साहित्यिक-भाषिक क्रियाकलापहरुको जति तारीफ गरेपनि पुग्दैन । अहिलेको चालु बहसमा यसको सहभागिता वान्छनिय छ र यसले प्रस्तावित परिवर्तनलाई विरोध गर्न सुहाउँछ, सुहाउँछ के, गर्नैपर्छ । यसको उद्देश्यसंग मेल खाने कुरो हो त्यो । परन्तु, छलफल सकिए पछि, दिनको अन्त्यमा, शिक्षा विशेषज्ञहरुले निकालेको विशुद्ध प्राज्ञिक निचोडलाई सहानुभूतिपूर्वक लिनुपर्छ भन्ने मेरो आग्रह छ । मेरो यो सन्देश अ.ने.सा.स. संग चासो राख्ने ViV, Dada लगायत सबै साझावासीहरुलाई । नेपे भाषा मेरो प्रेमिका पेशा मेरो श्रीमति
Read Full Discussion Thread for this article