Posted by: Nepe June 30, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
गुणज्यू, हि हि हि ! हन कुरो त्याँ सम्म पुग्या ता छैन है । नेपाली भाषालाई निमिट्यान्न पार्ने भन्या त छैनन् नि । दश दश वर्ष सम्म त पढाउने नै हो नि, हैन र । त्यो जाबो एघारौं कक्षाको एक वर्ष न हो, त्यो पनि ईच्छा लाग्नेलाई त पढाउने नै भन्या छन् । १७ वर्ष उमेरका वालिग (सरदर) हरुले हाम्लाई त पुगो, अब बरु अर्थोकै पढ्छम भन्छन् भने दिनुपर्छ भन्या त हो नि । त्यति पाका विद्यार्थीले आफ्नै कान्छीनानी खनखनि गनी हाम्लाई हाम्ले चाहेको, हाम्ले बढी उपयोगी ठानेको विषय पढा भन्छन् भने सरखारले चैं बर्चेट, खाए खा नखाए घिच् भनि नेपाली विषय नै कोच्च्याउने कुरो त मनासिब लागेन है मलाई । फेरि मैले माथि भने नि, दश दश वर्ष त अनिवार्य गरेर पढाउनी भनेकै छन् नि । भन्नाले पन्ध्राना-सोह्राना को मामला भएन र यो ? न्यूयजर, दादा, तपाईहरु बबण्डर मच्चाउँने सुरमा हुनुहुन्छ । न्यूयजरले एउटा जायजै बुँदा अघि सा-या थे । नेपाली साहित्यिक कृतिको कुनै पुरै पोस्तक पढ्ने किंलास नै एघार हो, त्यस अघि ता एक-दुई अध्याय वा छोटा मसिना कथा-कुथुंग्री-शिलोक पढ्ने ता हुन् नि भनेर । तर मेरो तर्क के छ भने, एघार किंलासमा त्यस्तो अवसर नपाएका विद्यार्थीले आफ्नो स्वाध्यायनमा नेपाली वाङमयका कुनै पूर्ण कृति पढ्ने छैनन् भन्ने कुरा पनि ता छैन नि । मैले ऊ त्याँ माथि भने नि, दश दश वर्ष नेपाली भाषा पढेसी यस भाषाको पारख गर्न र साहित्यको स्वाध्यायन वा प्रतिभा भएकाले साहित्य रचना गर्न सक्षम हुन्छन् । साझाका यतिका नेपाली साहित्यकारहरु मध्ये लु कसकसले आफुलाई एघार किलासले मद्दत पु-याएको दावी गर्दा रान्, हेरुम । एघार किलास भन्या त साहित्यको रस्वादन गर्ने हैन, व्यावसायिक उपयोगिता भएको विषय टुप्पी बाँधेर, पटुका कसेर पढ्ने ट्याम हो है, मेरो विचारमा त ।
Read Full Discussion Thread for this article